१५ असार २०८३, सोमबार | June 29, 2026

नेपालीको गन्तब्य बनेको तीन देश : जहाँ एक वर्षमा एक लाखभन्दा बढी नेपाली रोजगारी खोज्दै पुगे



काठमाडौं । कोरोना महामारीकाबीच पनि एक वर्षको अवधिमा रोजगारी खोज्दै विश्वका तीन देशमा एक लाखभन्दा बढी नेपाली गएको पाइएको छ ।

एक वर्षको अवधिमा एक/एक लाखभन्दा बढी नेपाली रोजगारी खोज्दै गएका तीनवटै खाडी राष्ट्र हुन् । ती हुन्– साउदी अरेबिया, कतार र युनाइटेड अबर इमिरेट्स (युएई) ।

तीनवटै देशमा गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीको सिलसिलामा एक लाखभन्दा बढी नेपाली गएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष वैदेशिक रोजगारीको सिलसिलामा ६ लाख ३० हजार ९० जना नेपाली विश्वका १४८ देश पुगेका थिए । तीमध्ये तीन वटा देशमा मात्र एक÷एक लाखभन्दा बढी नेपाली गएका थिए ।

वैदेशिक रोजगारीमा जानेमध्ये ४९ हजार १२८ जना महिला र ५ लाख ८० हजार ९६२ जना पुरुष थिए ।

रोजगारी खोज्दै गत आर्थिक वर्ष सबैभन्दा बढी नेपाली साउदी अरेबिया पुगेका थिए । उक्त वर्ष १ लाख ८८ हजार ६९२ जना नेपाली वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबिया पुगेको विभागले जनाएको छ ।

विभागका अनुसार गत आर्थिक वर्ष वैदेशिक रोजगारीका क्रममा कतारमा १ लाख ८४ हजार ९२६ हजार र युएईमा १ लाख २२ हजार ६३५ जना नेपाली पुगेका थिए ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ४ : ११ बजे

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

झापा । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली

आज असार १५ : राष्ट्रिय धान दिवस, दही-चिउरा खाएर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६

मनसुनी वायुको प्रभाव कायमै, देशका धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भू-भागमा मनसुनी वायुको प्रभाव कायम रहँदा

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि