४ पुस २०८२, शुक्रबार | December 19, 2025

यसपटक अत्याधिक मतले जित्छु, अर्कोपटक चुनाव लड्दिनँ : रामवीर मानन्धर



काठमाडौं ।  काठमाडौं-७ मा एमालेबाट विद्रोह गरि बागी उम्मेदवारी दिएका पूर्वमन्त्री रामवीर मानन्धरले आगामी कुनै पनि निर्वाचन नलड्ने घोषणा गरेका छन् ।

बिहीबार बालाजुमा पत्रकार सम्मेलन गरि नेता मानन्धरले बाँकी काम पूरा गर्नका लागि योपटक आफू घण्टाघर चुनाव चिह्न लिएर उम्मेदवार भएको बताउँदै आगामी दिनमा कुनै पनि निर्वाचन नलड्ने घोषणा गरेका हुन् ।

काठमाडौं-७ मा अघिल्ला दुई संसदीय निर्वाचन अत्याधिक मतसहित जितेका मानन्धरलाई यसपटक एमालेले टिकट नदिएपछि बागी उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् । नेता मानन्धरले आफू निर्वाचित हुने निश्चित भएसँगै एमाले र माओवादीका उम्मेदवारमा छट्पटी बढेको दाबी गर्दै आफू नै जनताको साझा उम्मेदवार भएको दाबी समेत गरे ।

स्थानीय तह निर्वाचनमा एमाले नेतृत्वले कांग्रेससँग जोडेर आरोप लगाएकाले आफूलाई न्याय दिनका लागि कांग्रेस कार्यकर्ताले समेत साथ दिने मानन्धरको दाबी छ ।

एमालेका इमान्दार कार्यकर्ता आफुसँगै रहेको दाबी गर्दै नेता मानन्धरले बाध्यतामा परेर एमालेका उम्मेदवारसँग भएको जस्तो गरे पनि आफूसँग निरन्तर छलफल भइरहेको बताए ।

काठमाडौंलाई सभ्यता र संस्कृतिको सहर बनाउनका लागि महानगर प्रमुख बालेन साहलाई सहयोग गर्नका लागि संसदमा आफू भएमात्रै सहज हुने मानन्धरको दाबी छ । गुठी विधेयकको विरोध गरेका कारण नै आफुमाथि पार्टीले अन्याय गरेको मानन्धरको तर्क छ ।

 

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ३ : ०६ बजे

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता