१२ बैशाख २०८३, शनिबार | April 25, 2026

चार महिनामा बजेट खर्च साढे १९ प्रतिशत



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा सरकारी बजेट खर्च साढे १९ प्रतिशत मात्रै भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्म रु तीन खर्ब ५० अर्ब ९८ करोड ७३ लाख खर्च भएको हो । जुन वार्षिक विनियोजित बजेटको १९ दशमलव ५७ प्रतिशत बराबर हो ।

यस अवधिमा चालुतर्फ २३ दशमलव ७८ प्रतिशत बजेट खर्च भएको छ । चालु आवका लागि चालु शीर्षकमा रु ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख बजेट बिनियोजन भएकोमा कात्तिक मसान्तसम्ममा रु दुई खर्ब ८१ अर्ब ३८ करोड ६१ लाख खर्च भएको हो ।

त्यस्तै, पुँजीगततर्फ रु तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख बजेट बिनियोजन भएकोमा हालसम्म छ दशमलव ९१ प्रतिशत अर्थात् रु २६ अर्ब २९ करोड ६१ लाख बराबर खर्च भएको छ ।

वित्तीय व्यवस्थापन शीर्षकमा रु दुई खर्ब ३० अर्ब २१ करोड ७७ लाख बराबरको वार्षिक बजेट रहेकोमा अहिलेसम्म १८ दशमलव ८१ प्रतिशत अर्थात् रु ४३ अर्ब ३० करोड ५१ लाख खर्च भएको छ ।

यही अवधिसम्म सरकारको राजस्व सङ्कलन १९ दशमलव ११ प्रतिशत रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षका लागि कूल रु १४ खर्ब तीन अर्ब १४ करोड ७० लाख बराबर राजस्व उठाउने सरकारको लक्ष्य रहेकोमा कात्तिक मसान्तसम्ममा रु दुई खर्ब ६८ अर्ब सात करोड १७ लाख बराबर असूली भएको छ । जसमध्ये कर राजस्वतर्फ १८ दशमलव ९७ प्रतिशत अर्थात् रु दुई खर्ब ४५ अर्ब ७८ करोड ६८ लाख र गैरकर राजस्वतर्फ २० दशमलव ६८ प्रतिशत अर्थात् रु २२ अर्ब २८ करोड ४९ लाख उठेको छ ।

पहिलो चार महिनामा सरकारले रु तीन अर्ब ४१ करोड ५९ लाख वैदेशिक अनुदान लिएको छ । जुन वार्षिक लक्ष्यको छ दशमलव १६ प्रतिशत बराबर हो । चालु आवका लागि सरकारले रु ५५ अर्ब ४५ करोड ८३ लाख वैदेशिक अनुदान लिने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ४ : १७ बजे

नेपालगन्जमा लागुऔषध कारोबारे पक्राउ गर्न हवाई फायर, तीन जना पक्राउ

नेपालगन्ज । प्रहरीले नेपालगन्जमा आज हवाइफायरिङ गरेर तीन जना लागुऔषध

गीता पाण्डे मृत्यु प्रकरण : डा. रूपाखेती निलम्बित, जोनल र इन्दुलेखा बन्द गर्न सिफारिश

बुटवल । पाल्पाको बगनासकाली गाउँपालिका-२ की २९ वर्षीया गीता पाण्डेको

इक्यान रुपन्देहीको पहलमा शैक्षिक परामर्श व्यवसायीलाई अभिमुखिकरण तथा प्रशिक्षण

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको आयोजनामा संघमा

आफै बस्ती खाली गर्दै मनोहराका सुकुम्बासी

भक्तपुर । भक्तपुरको मनोहरास्थित सुकुमवासी बस्तीका बासिन्दा बस्ती खाली गर्न

लुम्बिनी रोड रेस प्रतियोगितामा नेपाली सेनाका खड्का र न्यौपाने विजयी

दाङ । ‘दोस्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १०