४ पुस २०८२, शुक्रबार | December 19, 2025

भैरहवाका दुबैथरी गठबन्धनले गरे सडक कब्जागरी आमसभा



भैरहवा । भैरहवाको सडक नै कब्जा गरी मुख्य प्रतिस्पर्धीले बिहीबार आमसभा गरेका छन् । पाँचदलीय गठबन्धनबाट नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका बालकृष्ण खाण र तीनदलीय तालमेलबाट सोही पदका लागि राप्रपाबाट उम्मेदवार बनेका दीपक बोहराले भैरहवा बजारको सडक पूरा रूपमा अवरुद्ध गरी आमसभा गरेका हुन् ।

चुनावी प्रचार प्रसार तथा आमसभागर्ने अन्तिम दिन आएर दुई मुख्य प्रतिस्पर्धीले एकै दिन केही घण्टाको अन्तरालमा आम सभा गरेका छन्। बहालवाला गृहमन्त्रीसमेत रहेका गठबन्धनका उम्मेदवार खाणको आमसभा मैत्री पथको फुटपाथमा मंच बनाएपनि मिलचोकबाट सर्वसाधारणको गाडी आवजावतमा रोक लगाइएको थियो । प्रहरी र म्यादीले सडकमा संजाल नै बनाई प्रवेश रोकेका थिए । केही सिमित गाडीलाई मात्रै इन्ट्री दिएर भित्र राखिएको थियो ।

यस्तै वरिष्ठ नेता बोहराको आमसभा बम्रेलीटोल मा रखिएको थियो । आकस्मिक आवगमनका लागि केही ठाँउ छुटयाएर आमसभा गरे पनि नारायण पथ सम्मको सडक भिडभाडले कब्जा नै भएको थियो ।

सांगितिक कार्यक्रम सहितको आमसभा केन्द्रिय र जिल्ला स्तरका नेताहरू उपस्थित भएपनि आचारसंहिताको कुरा कसैले उठान गरेका थिएनन् । भातृ संगठन  र कार्यकर्ताले पूर्णरुपमा सडक बन्द गरेका थिए । करिब तीन घण्टासम्म चलेको सो सभा निर्वाचन आचारसंहिता विपरित भए पनि कसैले रोकेको थिएन ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ९ : ४१ बजे

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ