१६ श्रावण २०८३, शनिबार | August 1, 2026

जुलुस प्रदर्शनमा सहभागी हुंदै हुनुहुन्छ ? ६ महिना हिरासत पर्नुहोला



काठमाडौं । हरेक दिन बिभिन्न बहानामा देशैभर सभा जुलुस र नाराबाजी चल्न थालेपछि सरकारले त्यस्ता कार्यहरुलाई नियन्त्रण गर्न अग्रसर भएको छ ।

सरकारले जारी गरेको लकडाउनको दिनदिनै उल्लंघन भएपछि गृह मन्त्रालयले लकडाउनको उल्लंघन गर्दै प्रदर्शनमा सहभागी भए ६ महिनासम्म थुन्ने चेतावनी दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै बिभिन्न बहानामा धेरै मानिस जम्मा हुने, भीडभाड गर्ने, प्रदर्शन गर्ने जस्ता कार्यले कोरोना संक्रमणको जोखिम उच्च हुने उल्लेख गर्दै यस्ता गतिविधिमा सामेल नहुन, कसैलाई सामेल नगराउन आग्रह गरिएको छ ।

सरकारको आग्रहविपरीत कसैले प्रदर्शन गरे, भीडभाड गरे वा यस्ता भीडभाड बढाउने कार्यक्रममा कसैलाई सहभागी गराउने काम गरे संक्रामक रोग ऐन २०२० को दफा ३ बमोजिम कारबाही हुने समेत चेतावनी दिइएको छ ।

ऐनकोमा बन्दाबन्दीको आदेश उल्लंघन गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीको आदेशमा १०० देखि ६०० सम्म जरीवाना र एक महिनादेखि ६ महिनासम्म थुनामा राख्ने गरी कारबाही गर्ने व्यवस्था रहेको छ ।

पछिल्लो समय क्वारेन्टीनमा बसेका सवैको पीसीआर चेक गरिनुपर्ने, भ्रष्टाचार, पसल खोल्न पाउनुपर्ने लगायत माग गर्दै देशका प्रमुख शहरहरुमा हरेक दिन प्रदर्शन हुन थालेपछि त्यस्ता कार्यलाई नियन्त्रण गर्न गृहले कडा निर्देशन जारी गरेको हो ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ९ : ५८ बजे

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा