२९ मंसिर २०८२, सोमबार | December 15, 2025

लालपुर्जा, राहदानी र लाइसेन्सबाट मतदान गर्न पाइने, फोटोकपि नचल्ने



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज बिहान ७ बजेदेखि मतदान हुँदैछ ।
प्रत्यक्ष मतदानबाट १६५ प्रतिनिधिसभा सदस्य र ३३० जना प्रदेशसभा सदस्य निर्वाचित हुनेछन् । बाँकी भने समानूपातिक पद्धती अन्तर्गत दलले प्राप्त गरेको मतका आधारमा निर्वाचित हुनेछन् ।

प्रतिनिधिससभामा ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् । त्यस्तै प्रदेशसभामा २२० जना समानुपातिक पद्धतिबाट निर्वाचित हुनेछन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमा दुई हजार ४१२ उम्मेदवार छन् ।

देशभर कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ । कुल मतदाताको संख्या अघिल्लो निर्वाचनको तुलनामा करिव १४ प्रतिशत बढी हो ।

निर्वाचन आयोगले आज मतदान गर्नका लागि यस अघि मतदाता परिचयपत्र अनिवार्य भनेपनि त्यसलाई संशोधन गर्दै मतदाता परिचयपत्रको विकल्पमा राहदानी, लालपुर्जा वा सवारी चालक अनुमतिपत्र देखाएर मतदान गर्न पाइने व्यवस्था गरेको छ । शनिबार पत्रकार सम्मेलन गर्दै आयोगले मतदाता परिचय पत्रको विकल्पमा साथमा लिएर जाने परिचय खुल्ने कागजात भने सक्कली हुनु पर्ने जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ७ : ११ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ