७ मंसिर २०८३, सोमबार | November 23, 2026

खजुरा बजार क्षेत्रमा ५ मिटर बढीकोे फुटपाथ विस्तार हुँदै, सडक सिमा खाली गराउँदै गाउँपालिका



नेपालगन्ज । झण्डै ६ दशकदेखि जिर्ण बनेको र विगत ९ वर्ष देखि स्तरोन्नतीका नाममा ठेकेदार कम्पनीले खण्डहर बनाएको हुलाकी राजमार्ग अन्तर्गत बाँकेको खजुरा खण्डको १ हजार ८०० मिटर सडकको स्तरोन्नतीले निरन्तरता पाउने भएको छ । हुलाकी राजमार्ग निर्देशनालयबाट ठेक्का लगाई हालै स्तरोन्नती कार्य सम्पन्न भएको सो सडक खण्डको सौन्दर्यकरण र फुटपाथ विस्तारले थप निरन्तरता पाउने भएको हो ।

हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगन्जले १ हजार ८०० मिटर सडक खण्डमा रहेको साँघुरो फुटपाथलाई विस्तार गरि फराकिलो बनाइदिने भएको छ । फुटपाथ विस्तारका लागि आवश्यक सडक सिमाको अतिक्रमीत जग्गा खाली गराउने कार्य सुरु भएको छ । खजुरा गाउँपालिकाले फुटपाथ विस्तारका लागि सडक सिमाको बीच भागबाट हुन आउने १५र१५ मिटर सडकको जग्गा खाली गराउने कार्य आजबाट सुरु भएको छ । सडक सिमा खाली गर्न सूचना जारी गरेको पालिकाले आजबाट सिमामा चिन्ह लगाउन थालेको छ । खजुरा गाउँपालिकाका प्रमुख डम्बर विक तुफानले आज सिमा छुट्याएको स्थानमा चिन्ह लगाएर फुटपाथ विस्तारको कामको प्रारम्भ गरे ।

हुलाकी राजमार्गका प्राबिधिकहरुको अगुवाईमा पालिकाका प्राबिधिकहरुको संयुक्त टोलीले धमाधम सिमा छुट्याउन नापजाँच गरिरहेका छन् । झण्डै ५ मिटर फराकिलो फुटपाथ विस्तार भएसँगै हुलाकी सडकको खजुरा खण्ड अन्तराष्ट्रिय मापदण्डको पैदल यात्री मैत्री बन्ने अध्यक्ष विकले दाबी गरे । उनले सडक किनारमा ५ मिटर बढी रङ्गीन टायल सहितको फुटपाथ निर्माण हुने र फुटपाथ क्षेत्रमा नै आकर्षक विरुवाहरु लगाएपछि खजुरा खण्डको सडकको सौन्दर्यता नै बेग्लै हुने जानकारी दिए । फुटपाथ कै बीच बीचमा पैदल यात्रुहरुको विश्राम स्थलको समय व्यवस्था हुने उनले बताए ।

पालिकाको आग्रहमा हुलाकी राजमार्गको योजना कार्यालयले पायक पर्ने गरि यात्री प्रतिक्षलय, पेडारी नाला र किरण नाला किनारमा आकर्षक बगैंचा समेत निर्माण हुने जानकारी दिए ।

स्तरोन्नती भएको सडकलाई दिगो र आकर्षक बनाउन सडक सौन्दर्यकरण अन्तर्गत फुटफाथ विस्तार, प्रतिक्षालय निर्माण र सडक किनारमा हरियाली गराइने हुलाकी राजमार्ग योजना कार्यालय, नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीले बताए । स्थानीय तहको आग्रह र स्थानीयबासीको आवश्यकतालाई महसुस गरि गरि थप योजनाका साथ हुलाकी राजमार्गको बजार क्षेत्रमा फुटपाथ विस्तार गरिने योजना प्रमुख भण्डारीले बताए ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जबाट रु सात करोड एक हजार ६९ मा ठेक्का पाएको निर्माण कम्पनी मैटहवा–एनएटी–स्टेटलाइट जेभीले कुल एक हजार ८०० मिटर सडक हालै सम्पन्न गरेको हो । बाँकेको नेपालगन्ज र कोहलपुरपछिको ठुलो बजारकारुपमा रहेको खजुरामा व्यवसायिक गतिबिधि बाक्लो हुनेगरेपनि फुटपाथ साँघुरो हुँदा पैदल यात्रीहरुलाई असहज भएको स्थानीयवासीले बताएका छन् । ४ लेन सडकको स्तरोन्नती भएपछि सवारी साधनको गति समेत तिब्र बनेसँगै फुटपाथको थप आवश्यकता भएको खजुराका स्थानीय रोशन सापकोटाले बताए ।

गाउँपालिकाले यसअघि नै १५ मिटर सडक सिमाको क्षेत्र खाली गर्न सूचना जारी गरिसकेको र समयावधिमा खाली नभए पालिका आफै खाली गर्न बाध्य हुने खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले बताए ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  १२ : ३४ बजे

Your email address will not be published.

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । केही दिनदेखि लगातार घटेको सुनको मूल्य आज बढेको

प्रधानमन्त्री शाहद्वारा राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली

नयाँ दिल्ली । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले

हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु

नयाँ दिल्ली । भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री

भारतमा प्रधानमन्त्री शाहलाई ‘गार्ड अफ अनर’ प्रदान

नयाँ दिल्ली । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र