१६ असार २०८३, मंगलबार | June 30, 2026

फेरि पनि संसदमा छिरे आधा दर्जन ठेकेदार, स्वार्थ बाझिने खतरा



काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबाट डाक्टरदेखि ठेकेदारसम्म निर्वाचित भएका छन् । देशभरका एक सय ६५ निर्वाचन क्षेत्रबाट थुप्रैजना उद्योगी व्यवसायीले प्रत्यक्षमै चुनाव जितेका हुन् ।

पछिल्लो समय निर्वाचन प्रणाली महंगो भएको आवाज उठिरहेका बेला धेरै रकम खर्चेर थुप्रै उद्योगी व्यवसायीले चुनाव जितेका छन् । राज्यको नीति निर्माण तहमा रहेर काम गर्ने पदमा व्यवसायीको वर्चस्व हुँदा स्वार्थ बाझिने खतरा बढी हुने गर्दछ ।

आफ्नो स्वार्थ बाझिने क्षेत्रमा उनीहरूको निश्चित रूपमा पनि दबाब र प्रभाव रहन्छ नै । यसपटकको निर्वाचनमा विभिन्न दलबाट टिकट पाएका ६ जना निर्माण व्यवसायीले चुनाव जितेका छन् । ठेकेदार सांसदमध्ये एक हुन्, नेपाली कांग्रेसका विष्णुकुमार कार्की । उनले नवलपरासी बर्दघाट सुस्ता पूर्व(२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । क्रसर व्यवसायी रहेका कार्कीले नेकपा एमालेका तिलक महतलाई पराजित गरेका थिए ।

अर्का ठेकदार सांसद हुन् धनबहादुर बुढा । उनी डोल्पामा एकीकृत समाजवादीबाट निर्वाचित भएका छन् । हिमाली निर्माण सेवाका सञ्चालक रहेका सांसद बुढाले एमालेका गणेशबहादुर शाहीलाई पराजित गरेका छन् ।

रामेछापबाट प्रतिनिधिसभा सदस्य पदमा विजयी बनेका कांग्रेसका पूर्णबहादुर तामाङ ९कान्छाराम० पनि निर्माण व्यवसायी हुन् । उनले सञ्चालन गरिरहेको कान्छाराम कन्स्ट्रक्सन नेपालको ‘क’ वर्गको ठेकेदार कम्पनी हो । कान्छारामले एमालेका कैलाशप्रसाद ढुंगेललाई हराएका थिए ।

रसुवाबाट प्रतिनिधिसभा सदस्य पदमा कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् । उनी निर्माण व्यवसायी हुन् । आचार्य दोस्रोपटक  निर्वाचित भएका हुन् । उनले एमालेका उम्मेदवार छोवाङ तेन्जिङ तामाङलाई हराएका थिए । सांसद आचार्यले रसुवा कन्स्ट्रक्सन नामको निर्माण कम्पनी चलाइरहेका छन् । जुन नेपालको ‘क’ वर्गमा पर्ने निर्माण कम्पनी हो ।

दाङ ३ बाट निर्वाचित कांग्रेसका दीपक गिरी क्रसर व्यवसायमा संलग्न छन् । गिरीकी श्रीमती सञ्चालक रहेको ओम नमः शिवाय र स्वर्गद्वारी क्रसरमा उनी साझेदारका रूपमा संलग्न छन् । उनले एमालेकी उम्मेदवार कोमल वलीलाई हराएका थिए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डे निर्माण व्यवसायी हुन् ।  उनको  कालिका कन्स्ट्रक्सन पनि नेपालको ‘क’ वर्गको ठेकदार कम्पनी हो । पाण्डे चितवन ३ बाट निर्वाचित भएका हुन् । पाण्डेले पछिल्लो समयमा यात्री मोटरसाइकलदेखि विभिन्न इनोभेसन र स्टार्टअप बिजनेसमा पनि लगानी थालेका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  १२ : ५३ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी