३१ श्रावण २०८३, आइतबार | August 16, 2026

सुकुम्वासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

आफुले थालेको कामलाई निरन्तरता दिन आग्रह



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकाका सुकुम्वासी समस्या समाधान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संयोजन गर्नुपर्ने बताएका छन् ।

काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रमा रहेका सुुकुमवासी बस्ती हटाउन खोजे पनि अवरोध भएपछि  भट्टराईले तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संयोजन गरेर सहजीकरण गर्दा राम्रो हुने बताएका हुन् ।

उनीहरुको व्यवस्थापनको उत्तम विकल्प नागार्जुन नगरपालिकामा बनाइएको अपार्टमेन्ट रहेको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा लेख्दै भट्टराईले भनेका छन्, ‘आवासविहीन सुकुम्ँबासीको संवेदनशील प्रश्नमाथि कसैले छुद्र राजनीति नगरौँ ।’

आफ्नो पालामा सुरु भएको काठमाडौं उपत्यकाका सुकुम्वासी र न्यून आय भएका नागरिकको आवास व्यवस्था सम्बन्धी सरकारी निर्णय र भवन निर्माणका कार्यमा टेकेर समस्या दीर्घकालीन रूपले समाधान गर्न राज्यका सबै अंगले सहकार्य गर्न पनि उनले सुझाव दिएका छन् । ‘मेरो पालामा झैँ तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संयोजन गरेर यो मामिलामा सहजीकरण गर्दा हुन्छ ।’ उनले लेखेका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ११ : १८ बजे

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी । कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका

जाजरकोट पहिरो अपडेट : मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई अझै बेपत्ता

काठमाडौं । अविरल वर्षासँगै जाजरकोटको भेरी नगरपालिका-२, रिसाङमा खसेको लेदोसहितको

सुनको मूल्य तोलामा तीन हजार ६०० रुपैयाँले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन

जाजरकोट पहिरो अपडेड : एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली । अविरल वर्षापछि भेरी नगरपालिका-२ जाजरकोट रिसाङमा पहिरोमा परी

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन उर्जा जानकारहरुको सुझाव

काठमाडौं । मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई