२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

अर्थतन्त्र सङ्कटमा छैन, केही चुनौती छन् : अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सङ्कटमा नरहेको बताएकाछन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले अर्थतन्त्रमा सङ्कट नभएको बरु केही चुनौती भने रहेको बताए ।

“अर्थतन्त्र सङ्कटमा छ भन्नु बुझाइमा कमजोरी हो”, उनले भने, “यद्यपि केही चुनौती छन् त्यसका लागि निजी क्षेत्रसँगको सहकार्यमा समस्या समाधान गर्नुपर्छ ।”

अर्थमन्त्री शर्माले अर्थतन्त्रका सूचकाङ्क राम्रो हुँदै गएको स्पष्ट पारे। पछिल्लो समय विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढ्दै गएकाले अर्थतन्त्र सुधार भइरहेको उनको भनाइ छ ।

“हाम्रो मिश्रित अर्थतन्त्र भएकाले एकैपटक सङ्कटमा पुग्ने र उचाइमा पुग्ने हुँदैन”, उनले भने, “जेजति चुनौती छन् त्यसका लागि निजी क्षेत्रको सहकार्य आवश्यक छ ।”

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  १२ : १६ बजे

विश्वकप क्रिकेट लिग दुई : स्कटल्याण्डले ब्याटिङ गर्दै

काठमाडौं । विश्वकप क्रिकेट लिग २ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्याण्डविरुद्धको

रास्वपा केन्द्रीय समिति बैठक बुधबार

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न समसामयिक विषयमा

सञ्चार सुविधा अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिकाको केन्द्र मुनामा सञ्चार सेवा अवरुद्ध

नयाँ सरकारको पहिलो नीति कार्यक्रम

काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि सुरु भएको छ

धादिङको बैरेनीमा तीन सवारी एकापसमा ठोक्किँदा ३७ जना घाइते, ३४ जना घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका-६ बैरेनीमा तीन वटा