१६ असार २०८३, मंगलबार | July 1, 2026

नयाँ सरकार कांग्रेसकै नेतृत्वमा बन्छ : शेखर कोइराला



मोरङ । कांग्रेस नेता शेखर कोइरालाले नयाँ सरकार कांग्रेसकै नेतृत्वमा बन्ने बताएका छन् ।

विराटनगरस्थित कोइराला निवासमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा  पाँच दलीय गठबन्धनले नै कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बनाउने बताएका हुन् ।

कांग्रेसभित्रै आधा दर्जन नेता प्रधानमन्त्रीको आकांक्षी देखिएका बेला उनले कसको नेतृत्वमा बन्ने भन्ने विषयमा भने उनले केही खुलाएनन् ।

गठबन्धन दलले कांग्रेस नेतृत्वमा संयुक्त सरकार बनाउने बताएका उनले उक्त सरकारको नेतृत्व कुन नेताले गर्ने भन्ने विषयमा आन्तरिक छलफलपछि मात्र थाहा हुने बताए ।

कांग्रेसकोे संसदीय दलको नेता को भन्ने चासो आमचासो बढेको छ । सभापति शेरबहादुर देउवा, गगनकुमार थापासहितका नेता दलको नेता बन्ने दौडमा देखिन्छन् । तर, कोइरालाले भने पार्टीभित्र छलफल गरेर टुंगोमा पुगिने बताए ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ६ : ०४ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी