१ पुस २०८२, मंगलबार | December 17, 2025

७ प्रदेशसभामा १२ स्वतन्त्र उम्मेदवार विजयी; मधेशमा सबैभन्दा धेरै, बागमतीमा शून्य



काठमाडौं । आमनिर्वाचन २०७९ मा सात वटै प्रदेशमा गरी १२ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । पछिल्लो समय स्वतन्त्र उम्मेदवारप्रतिको जनलहरले हौसिएका धेरैले पार्टीबाट टिकट नपाउँदासमेत स्वतन्त्र उम्मेदवारी दिएका थिए । यसपटक प्रदेशसभामा कतिपय स्वतन्त्र उम्मेदवारले विजय हासिल गरे पनि केही प्रदेशमा भने स्वतन्त्र सांसदको संख्या शून्य देखिएको छ । यस पटकको प्रदेशसभा निर्वाचनमा प्रदेश १ बाट स्वतन्त्र उम्मेदवारले जित्ने सकेनन् ।

यहाँ स्वतन्त्र सांसदको संख्या शून्य छ । कूल ५६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको यस प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । निर्वाचनको आयोगको अन्तिम नतिजाअनुसार एमालेले २५ सिटमा जित हात पारेको छ । कांग्रेस १७, नेकपा माओवादी केन्द्र ९, नेकपा एकीकृत समाजवादी ३ र राष्ट्रिय प्रजातन्त्र पार्टी २ क्षेत्रमा जित हासिल गरेको छ ।

मधेश प्रदेशमा सबैभन्दा  धेरै स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।  यहाँ ६ जना स्वतन्त्र उम्मेदवाले चुनाव जितेका हुन् । कूल ६४ रहेको मधेशमा नेकपा एमाले पहिलो दल बनेको छ ।  एमालेले १५ सिटमा जित हात पारेको छ । नेपाली कांग्रेस १३ सिटसहित दोस्रो, जनता समाजवादी ९ सिटसहित तेस्रो  भएका छन् ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले ७ सिट, जनमत पार्टीले ६, नेकपा ९ माओवादी केन्द्र०ले ४ सिट हात पारेका छन्  भने स्वतन्त्र उम्मेदवार ६ जनाले चुनाव जितेका छन् । देशको राजधानी रहेको बागमती प्रदेशले स्वतन्त्र उम्मेदवारलाई पत्याएको देखिएन ।

यहाँ कूल ६६ सिटमध्येमा ६५ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक हुँदा स्वतन्त्र उम्मेदवारले खाता खोल्न सकेका छैनन् । यस प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । उसले १४ सिटमा जित हासिल गरेको छ भने १ सिटमा अग्रता लिइरहेको छ ।

यस्तै नेकपा माओवादी केन्द्र १४ सिटसहित दोस्रो, नेकपा एमाले १३ सिटसहित तेस्रो दल बनेका छन् । यस प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी ७, नेपाल नेकपा एकीकृत समाजवादी ५, नेपाल मजदुर किसान पार्टी १ र हाम्रो नेपाली पार्टी १ स्थानमा विजयी भएका छन् ।

यस्तै गण्डकी प्रदेशमा एक जना स्वतन्त्र उम्मेदवारले जितेका छन् ।  कूल ३६ सिट रहेको यस प्रदेशमा नेपाली कांग्रेस १८ सिटसहित पहिलो दल बनेको छ ।  नेकपा एमाले १२ सिटसहित दोस्रो, ४ सिटसहित नेकपा माओवादी केन्द्र तेस्रो बनेको छ । यस्तै यस प्रदेशमा नेपाल समाजवादी पार्टीले १ जित्दा एक जना स्वतन्त्र उम्मेदवारले पनि चुनाव जितेका छन् ।

यता लुम्बिनीमा पनि ३ जना स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् ।  कूल ५२ निर्वाचन क्षेत्र रहेको यस प्रदेशमा नेकपा एमालेले १८ सिट जितेको छ । नेपाली कांग्रेस १७, नेकपा माओवादी केन्द्र ५, जनता समाजवादी पार्टी २ र नागरिक उन्मुक्ति पार्टीले २ सिट जितेका छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी २, राष्ट्रिय प्रजातन्त्र पार्टी २ जनमत पार्टी १ तथा स्वतन्त्रमा ३ जनाले जित हासिल गरेका छन् ।

कर्णाली प्रदेशका २४ मध्ये एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।  यहाँ नेपाली कांग्रेसले ९ सिटमा जित निकालेको छ । नमाओवादी केन्द्र ९, नेकपा एमालेले ५ र स्वतन्त्र १ एक जना विजयी भएका छन् ।

यस्तै सुदूरपश्चिम प्रदेशको कूल ३२ सिटमा एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यहाँ १२ सिट सहित नेपाली कांग्रेस दल बन्दा नेकपा माओवादी केन्द्र ८ सिटसहित दोस्रो स्थानमा छ । नागरिक उन्मुक्ति पार्टी ५, नेकपा एमाले ३, नेकपा एकीकृत समाजवादीले ३ सिट जित्दा स्वतन्त्रबाट १ जनाले जितेका छन् ।
काठमाडौं, १६ मंसिर

आमनिर्वाचन २०७९ मा सात वटै प्रदेशमा गरी १२ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । पछिल्लो समय स्वतन्त्र उम्मेदवारप्रतिको जनलहरले हौसिएका धेरैले पार्टीबाट टिकट नपाउँदासमेत स्वतन्त्र उम्मेदवारी दिएका थिए । यसपटक प्रदेशसभामा कतिपय स्वतन्त्र उम्मेदवारले विजय हासिल गरे पनि केही प्रदेशमा भने स्वतन्त्र सांसदको संख्या शून्य देखिएको छ । यस पटकको प्रदेशसभा निर्वाचनमा प्रदेश १ बाट स्वतन्त्र उम्मेदवारले जित्ने सकेनन् ।

यहाँ स्वतन्त्र सांसदको संख्या शून्य छ । कूल ५६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको यस प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । निर्वाचनको आयोगको अन्तिम नतिजाअनुसार एमालेले २५ सिटमा जित हात पारेको छ । कांग्रेस १७, नेकपा माओवादी केन्द्र ९, नेकपा एकीकृत समाजवादी ३ र राष्ट्रिय प्रजातन्त्र पार्टी २ क्षेत्रमा जित हासिल गरेको छ ।

मधेश प्रदेशमा सबैभन्दा  धेरै स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।  यहाँ ६ जना स्वतन्त्र उम्मेदवाले चुनाव जितेका हुन् । कूल ६४ रहेको मधेशमा नेकपा एमाले पहिलो दल बनेको छ ।  एमालेले १५ सिटमा जित हात पारेको छ । नेपाली कांग्रेस १३ सिटसहित दोस्रो, जनता समाजवादी ९ सिटसहित तेस्रो  भएका छन् ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले ७ सिट, जनमत पार्टीले ६, नेकपा ९ माओवादी केन्द्र०ले ४ सिट हात पारेका छन्  भने स्वतन्त्र उम्मेदवार ६ जनाले चुनाव जितेका छन् । देशको राजधानी रहेको बागमती प्रदेशले स्वतन्त्र उम्मेदवारलाई पत्याएको देखिएन ।

यहाँ कूल ६६ सिटमध्येमा ६५ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक हुँदा स्वतन्त्र उम्मेदवारले खाता खोल्न सकेका छैनन् । यस प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । उसले १४ सिटमा जित हासिल गरेको छ भने १ सिटमा अग्रता लिइरहेको छ ।

यस्तै नेकपा माओवादी केन्द्र १४ सिटसहित दोस्रो, नेकपा एमाले १३ सिटसहित तेस्रो दल बनेका छन् । यस प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी ७, नेपाल नेकपा एकीकृत समाजवादी ५, नेपाल मजदुर किसान पार्टी १ र हाम्रो नेपाली पार्टी १ स्थानमा विजयी भएका छन् ।

यस्तै गण्डकी प्रदेशमा एक जना स्वतन्त्र उम्मेदवारले जितेका छन् ।  कूल ३६ सिट रहेको यस प्रदेशमा नेपाली कांग्रेस १८ सिटसहित पहिलो दल बनेको छ ।  नेकपा एमाले १२ सिटसहित दोस्रो, ४ सिटसहित नेकपा माओवादी केन्द्र तेस्रो बनेको छ । यस्तै यस प्रदेशमा नेपाल समाजवादी पार्टीले १ जित्दा एक जना स्वतन्त्र उम्मेदवारले पनि चुनाव जितेका छन् ।

यता लुम्बिनीमा पनि ३ जना स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् ।  कूल ५२ निर्वाचन क्षेत्र रहेको यस प्रदेशमा नेकपा एमालेले १८ सिट जितेको छ । नेपाली कांग्रेस १७, नेकपा माओवादी केन्द्र ५, जनता समाजवादी पार्टी २ र नागरिक उन्मुक्ति पार्टीले २ सिट जितेका छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी २, राष्ट्रिय प्रजातन्त्र पार्टी २ जनमत पार्टी १ तथा स्वतन्त्रमा ३ जनाले जित हासिल गरेका छन् ।

कर्णाली प्रदेशका २४ मध्ये एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।  यहाँ नेपाली कांग्रेसले ९ सिटमा जित निकालेको छ । नमाओवादी केन्द्र ९, नेकपा एमालेले ५ र स्वतन्त्र १ एक जना विजयी भएका छन् ।

यस्तै सुदूरपश्चिम प्रदेशको कूल ३२ सिटमा एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यहाँ १२ सिट सहित नेपाली कांग्रेस दल बन्दा नेकपा माओवादी केन्द्र ८ सिटसहित दोस्रो स्थानमा छ । नागरिक उन्मुक्ति पार्टी ५, नेकपा एमाले ३, नेकपा एकीकृत समाजवादीले ३ सिट जित्दा स्वतन्त्रबाट १ जनाले जितेका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ३ : ३४ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष