१७ असार २०८३, बुधबार | July 1, 2026

निर्वाचन आयोगले गर्‍यो समानुपातिकतर्फ अन्तिम सिट बाँटफाँट, कुन दलले कति पाए !



काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरुले पाएको अन्तिम सिटसंख्या सार्वजनिक गरेको छ ।

सोमबार मात्र समानुपातिक मतगणना सम्पन्न गरेको आयोगले सेन्ट लग विधिमार्फत हिसाब निकालेर दलहरुले प्राप्त गरेको अन्तिम सिट संख्या निर्धारण गरेको हो ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फको समानुपातिक सिट संख्या सार्वजनिक गरेको छ । जसअनुसार सबैभन्दा ठूलो दल नेकपा एमाले बनेको छ । एमालेले प्रतिनिधिसभामा ३४ र प्रदेशसभामा ७० गरी कुल १०४ सिट प्राप्त गरेको छ ।

यसैगरी दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ ३२ र प्रदेशसभातर्फ ६४ सिट गरी ९६ सिट हासिल गरेको छ ।

तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा १४ प्रदेशसभामा २९ गरी कुल ४३ सिट जितेको छ ।

प्रदेश सभामा उसले उम्मेदवारी नदिएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा १३ सिट पाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा ७ सिट जितेको छ भने प्रदेशसभामा १७ सिट जितेको छ ।

यस्तै एकीकृत समाजवादीले प्रदेशसभामा ९ सिट हासिल गरेको छ । तर यो पार्टीले प्रतिनिधिसभामा तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन नसकेपछि सिटबिहीन बनेको छ ।

जनता समाजवादी पार्टी र जनमत पार्टीले प्रतिनिधिसभामा समान ५ सिट जितेको छ भने प्रदेशसभातर्फ पनि ९ ९ सिट जितेका छन् । नागरिक उन्मुक्ति पार्टीले प्रदेसभामा ५ सिट जितेको छ । नेपाल मजदुर किसान पार्टीले प्रदेशभामा २ सिट जितेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेशसभामा ३ सिट जितेको छ । यस्तै, नेपाल संघीय समाजवादी, राष्ट्रिय जनमोर्चा र हाम्रो नेपाली पार्टीले पनि प्रदेशभामा खाता खोल्न सफल भएका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ५ : ४२ बजे

राष्ट्रपतिसँग पाकिस्तानी राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रारार

विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो

काठमाडौँ । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी

बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा मानवअधिकार आयोगद्वारा रास्वपासँग स्पष्टीकरण माग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

लाहोर । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा

नेप्से परिसूचकमा ४४ अङ्कको बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज