२० बैशाख २०८१, बिहिबार | May 2, 2024

बुटवलमा अक्सिजन सुविधासहितका दुईवटा स्वास्थ्य केन्द्र बन्दै



बुटवल । बुटवलमा अक्सिजन सुविधासहितका दुईवटा स्वास्थ्य केन्द्र बन्ने भएका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर १३ र १७ मा १६–१६ शैयाका अक्सिजन सुविधासहितका स्वास्थ्य केन्द्र बनाउन थालिएको हो ।

एशियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा प्रति भवन एक करोड ५७ लाख लागत लाग्ने र ६ देखि आठ महिनाभित्रमा निर्माण सम्पन्न भएर हस्तान्तरण हुने बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताए ।

स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि यही मंसिर ९ मा टेण्डर स्वीकृत भएर निर्माणको प्रक्रिया अघि बढ्ने चरणमा रहेको पाण्डेले बताए । ‘नगरप्रमुख खेलराज पाण्डेयको विशेष चासोका कारण यी स्वास्थ्य केन्द्र बुटवलमा आएका हुन्’, उनले भने,’यी स्वास्थ्य केन्द्रले बुटवलको स्वास्थ्य क्षेत्रमा थप इटा थप्नेछन् ।’

कोभिड १९ महामारी र महामारीजन्य विपद् व्यवस्थापनमा समेत सहयोग हुने गरी निर्माण हुने अक्सिजन सिलिण्डरसहितका बहुउद्देश्यीय स्वास्थ्य केन्द्र भवनको छिट्टै नै शिलान्यास गरिने उनले बताए । स्वास्थ्य केन्द्रमा नर्स, प्यारामेडिक्ससहितका स्वास्थ्यकर्मी रहने र सामान्यदेखि अक्सिजन दिएर उपचार गर्नेसम्मका उपचार हुने जनस्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए ।

तीन–तीन कट्ठा जग्गामा बन्ने स्वास्थ्य केन्द्रमा भवन निर्माणको काम छिटै सुरु हुने गरी प्रक्रिया अघि बढेको मझौला तथा साना शहरहरुमा खानेपानी, सरसफाई, स्वच्छता र स्वास्थ्य पहलहरु मार्फत कोभिड १९ को रोकथाम र नियन्त्रण आयोजनाका कार्यक्रम संयोजक हरि प्रसाद शर्माले बताए ।

बुटवललाई स्वास्थ्य क्षेत्रमा अग्रणी शहर बनाउनका लागि साना स्तरका देखि विशिष्टीकृत अस्पताल बनाउने योजनाअनुसार स्वास्थ्य केन्द्र निर्माणको काम अघि बढाएको नगर प्रमुख खेलराज पाण्डेयले बताए । उनले उपचारका लागि बुटवलबासीले अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य गर्ने गरी भौतिक पूर्वाधार र जनशक्ति उत्पादनमा ध्यान दिएको बताए ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ८ : ४३ बजे

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य