२३ भदौ २०८३, मंगलबार | September 8, 2026

नवौ राष्ट्रिय खेलकुदमा पदक विजेता रुपन्देहीका खेलाडीलाई सम्मान



बुटवल । रुपन्देही जिल्ला पावरलिफिटङ्ग संघले रुपन्देही जिल्ला स्तरिय पावरलिफिटङ प्रतियोगिता, नवौ राष्ट्रिय प्रतियोगिता तथा दोस्रो स्व. रुप कार्की स्मृति राष्ट्रिय पावरलिफिटङ प्रतियोगितामा पदक विजेता रुपन्देहीका खेलाडीहरुलाई सम्मान गरेको छ ।

रुपन्देही खेलकुद बिकास परिषद कार्यालय परिसरमा शुक्रबार आयोजना भएको कार्यक्रममा नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलम, रुपन्देही शारीरिक सुगठन संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठ, शारीरिक सुगठनका राष्ट्रिय तथा अन्तरराष्ट्रिय निर्णायक एवम् शारीरिक सुगठनका प्रशिक्षक केशव बहादुर शाक्यले सम्मानपत्र, कप र पिन्टोला नेपालको सौजन्यबाट प्राप्त पिनट बटरबाट सम्मान गरेका थिए ।

रुपन्देही शारीरिक सुगठन संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठले शारिरिक सुगठनको विकासमा हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए । पावरलिफिटङ संघ छोटोसमयमा रुपन्देहीमा राष्ट्रियस्तरकै खेलाडी उत्पादन गर्न सफल भएको उनले बताए । रुपन्देहीबाट प्रतिनिधित्ब गरि पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत शारीरिक सुगठन बिधामा बिजेन्द्रमान श्रेष्ठ, बिष्णु निशाद र सुनिल आलेले पदक जितेका थिए ।

यसैगरि रुपन्देही जिल्ला स्तरिय पावरलिफिटङ प्रतियोगितामा ओभरअल क्याटोगरीमा महिलातर्फ मंजिता राजभण्डारी एवं पुरुषतर्फ बलराम डुम्रे प्रथम भएका थिए । यसैगरि दोस्रो स्व.रुप कार्की स्मृति राष्ट्रिय पावरलिफिटङ प्रतियोगितामा खेलाडीहरु धन कला कार्की, दिपक श्रेष्ठ र चन्द्रमान श्रेष्ठले पदक जितेका थिए ।

कार्यक्रममा पत्रकारीता क्षेत्रबाट खेलकुद क्षेत्रको विकासमा योगदान गरेवापत पत्रकारद्वय नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा बुटवल एफएमका भवानी प्रसाद पाण्डे र कान्तिपुर टेलिभिजनका स्वस्तिक श्रेष्ठलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले खेल र खेलाडीको विकासमा नीजि क्षेत्रको योगदान रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवानी पाण्डेले पावरलिफिटङ खेलाडीहरुको हौसला बढाउने गरि सम्मान कार्यक्रम भएको बताए । खेलाडीहरु एकतावद्ध भएर संस्थागत पहल गरेमात्र सरकारबाट आवश्यक सहयोग मिल्ने बताए । खेलाडीहरुको भविष्यप्रति समेत सरकार गम्भीर हुनुपर्ने उनको सुझाव छ ।

कार्यक्रममा संघका अध्यक्ष चन्द्रमान श्रेष्ठले संस्थागत रुपमा खेलाडीहरु अगाडी ल्याउने काममा आफु लागेको बताए ।

 

 

 

 

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ८ : ५१ बजे

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र

भेडागोठमा लालबिरका सात दशक

म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा