२१ चैत्र २०८२, शनिबार | April 4, 2026

चुनाव लगानी गर्ने र असुल्ने दोकान बन्यो : मुख्यमन्त्री भट्ट



धनगढी । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले चुनाव लगानी गर्नेर लगानीको प्रतिफल असुल्ने माध्यम मात्रै बन्न लागेको बताएका छन् ।

चुनावमा गरिने खर्च हेर्दा टिकट ल्याउनदेखि जित्नसम्म करोडौं खर्च गर्ने र जितेपछि त्यो असुली गर्ने दाउ बन्ने गरेको मुख्यमन्त्री भट्टको भनाइ छ ।

धनगढीस्थित एक कार्यक्रममा बाल्दै मुख्यमन्त्री भट्टले भने,  ‘चुनावमा करोडौं खर्च गर्ने उम्मेदवारले चुनाव जितेपछि समाजका लागि कसरी काम गर्न सक्छन्, उनीहरूले आफूले लगानी गरेको पैसा असुल्ने काम मात्र गर्छन्, अहिलेको चुनावी खर्चले त्यो सम्भावना झनै बढाएको छ ।’

पैसा नहुनेले अहिलेको परिस्थितिमा चुनाव लड्न सक्ने कुनै सम्भावना नै नरहेको उनले बताए । ‘गरिबले टिकटनै पाउँदैनन्’, उनले भने, ‘टिकट पाए पनि जितेको उदाहरण छैन ।’

आममतदाताले पनि पैसा पाए मात्रै भोट दिने गरेको मुख्यमन्त्री भट्टले बताए ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ११ : ४० बजे

नयाँ हवाई प्रतिरक्षा प्रविधिले अमेरिकी लडाकु विमान खसालिएको इरानी कमाण्डरको दाबी

इरानका एक वरिष्ठ सैन्य कमाण्डरले आफ्नो देशका सुरक्षा बलहरूले नयाँ

तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु

बिर्तामोड । झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको

प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई

काठमाडौं । वालेन्द्र शाहले नेपालको प्रधानमन्त्रीका रूपमा कार्याभार सम्हालेकोमा अष्ट्रेलियाले

रास्वपा सभापति रवि लामिछानेलाई भेटे राप्रपा नेता ज्ञानेन्द्र शाहीले

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र