१७ बैशाख २०८१, सोमबार | April 29, 2024

काठमाडौं प्रवेशमा थप कडाई : बसोबासस्थलको स्थानीय पालिकाको अनुमति अनिवार्य चाहिने



काठमाडौं । काठमाडौं उपत्यकाभित्रका स्थानीय पालिकाहरुको अनिवार्य अनुमति विना बाहिर रहेका कोही पनि व्यक्ति काठमाडौंमा प्रवेश गर्न नपाउने भएका छन् ।

गृहमन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका बाहिर रहेका व्यक्तिहरुले सम्बन्धित महानगरपालिका/नगरपालिकाको अनुमति लिएर मात्र उपत्यका प्रवेश गर्न पाउने निर्णय गरेको छ ।

अब, काठमाडौं उपत्यका बाहिर रहेका व्यक्तिहरु फर्किनका लागि यहाँ बसोबास गरिरहेको पालिकाले अनुमति दिए मात्र प्रवेश पाउनेछन् ।

सम्बन्धित बसोबासस्थलको पालिकाको अनुमतिपत्र प्राप्त गरेपछि मात्र आफु अहिले रहेको जिल्लाको जिल्लाप्रशासन कार्यालयमा सवारी पासका लागि निवेदन दिनसक्नेछन् । त्यसपछि आवश्यकता र औचित्य पुष्टि गर्ने कागजात हेरेर जिल्ला प्रशासनले पास दिनसक्ने काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

काठमाडौं बाहिर जान चाहनेले भने अत्यावश्यक कागजात पेश गरेमा तत्कालै पास प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  ३ : १७ बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।