१२ बैशाख २०८३, शनिबार | April 25, 2026

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूले मर्जरको अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष संयुक्त निवेदन पेश गरे



काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूले मर्जर गर्ने सन्दर्भमा अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष बुधबार संयुक्त निवेदन पेश गरेका छन् ।

ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई संयुक्त निवेदन पेश गरेका हुन् ।

उक्त कार्यक्रममा दुवै बैंकका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

यस अघि ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच मर्जर प्रयोजनका लागि २०७९ आषाढ २ गते प्रारम्भिक सहमतिमा तथा २०७९ कार्तिक २८ गते अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो ।

मर्जरको निम्ति शेयर स्वाप अनुपात १ः१ कायम गर्ने दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन् । उक्त अनुमोदनलाई दुबै बैंकले मसिंर २३ गते दुवै बैंकका साधारण सभाबाट समेत पारित गरिसकेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ७ : ३० बजे

नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ सुरु

नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड बेभरेज

वन्यजन्तु पर्यटन प्रवर्द्धन गर्न ‘सफारी मार्ट’

चितवन । नेपाल पर्यटन बोर्डले पहिलो पटक चितवनको मेघौलीमा ‘सफारी

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि

थापाथलीको सुकुम्बासी बस्ती खाली गरियो

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गरिएको छ ।

सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल-इजिप्ट मैत्री दौड

काठमाडौं । सगरमाथा दिवस र अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा कायरोमा