१० चैत्र २०८२, मंगलबार | March 24, 2026

शपथ नखाँदै कानुनी झमेलामा सांसद, पुनः मतगणनादेखि शपथ नगराउनेसम्मका मुद्दा सर्वोच्चमा



काठमाडौं । शपथ खान नपाउँदै प्रतिनिधिसभामा निर्वाचित तीनजना सांसद कानुनी झमेलामा फसेका छन् । निर्वाचनको मतगणनामा धाँधली र नागरिकता प्रकरण छानबिनबारे उनीहरुविरुद्ध सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर भएका हुन् । निर्वाचन आयोगले बुधबार निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ ।

उक्त अन्तिम परिणाम बिहीबार भोलि राष्ट्रपतिसमक्ष पेस हुनेछ । केही दिनमा सांसदहरूलाई शपथ खुवाइँदै छ । शपथ ग्रहण गर्नु पूर्वराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ का सांसद रवि लामिछानेविरुद्ध आइतबार सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

सांसद लामिछानेको नागरिकता विवादमाथि प्रहरीले अनुसन्धान गरिरहेकाले उनलाई शपथ नगर्न नगराउन माग गर्दै रिट परेको हो । उनीविरुद्ध युवराज लामिछानेले बुधबार सो रिट दर्ता गरेका हुन्। यता नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पनि पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन् ।

धनुषा क्षेत्र नम्बर ४ मा मतगणनाका क्रममा धाँधली हुँदा आफू झिनो मतान्तरले पराजित भएको भन्दै यादवले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा, जिल्ला निर्वाचन कार्यालय धनुषा, प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार रघुवीर महासेठविरुद्ध रिट दायर गरेका हुन्

कांग्रेस सहमहामन्त्री यादव एमाले सचिवसमेत रहेका उम्मेदवार महासेठसँग मात्र १२४ मतले पराजित भएका थिए । यस्तै मंगलबार नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले समेत पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन् ।

इलाम क्षेत्र नम्बर १ मा मत गणनाको क्रममा निर्वाचन अधिकृतले घोषणा गरेको परिणाम बदर गरी पुनः मतदान गर्न माग गर्दै खनालको तर्फबाट रिट दायर भएको हो। सो क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवार रहेका खनाल नेकपा एमालेका महेश बस्नेतसँग पराजित भएका थिए। बस्नेत २५ हजार ७५३ मत ल्याएर निर्वाचित हुँदा खनालले २३ हजार ८९ मत ल्याएका थिए।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ८ : १५ बजे

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि

हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

काठमाडौं । हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

काठमाडौं । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर

भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्टस्

काठमाडौं । भाटभटेनी सुपरमार्केट तथा जापानी कस्मेटीक उत्पादक होमाबीच जापानी