१८ असार २०८३, बिहिबार | July 2, 2026

युवाको विश्वास जित्नेगरि काम नगरे दलका नेताहरुले विकराल समस्या झेल्नुपर्ने छ : चन्द्र भण्डारी



बुटवल । नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नम्बर १ बाट नव निर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीले युवाहरुको विश्वास जित्नेगरि दलका नेताहरुले काम गर्न नसके विकराल समस्या झेल्नु पर्ने चेतावनी दिएका छन् । बाम लोकतान्त्रिक गठबन्धन प्रचार समिति गुल्मीले आज बुटवलमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै सांसद भण्डारीले नेताहरु प्रति युवाहरुको विश्वास घटेको बताए ।

‘नेताहरू प्रति विश्वास घटेको छ, कुर्चि छाड्न पाका नेताहरू तयार छैनन्, कडा प्रतिरोध गरे एमाले जस्तै टुक्राटुक्रा भन्ने डर छ’, उनले भने, ‘भाबी मुख्यमन्त्री भनिएकै कारण सुदर्शन बराललाई हराईएयो, म पनि मन्त्री बन्छु भनेको भए सायद हराइदिन्थे ।’

उनले गुल्मीलाई कसरी देशकै नमुना जिल्ला बनाउने भन्ने चुनौती आफुहरूमाथि आएको बताउँदै अभिभावक बिहिन बनेको गुल्मीको सडकको अभिभाकत्व बन्ने जिम्मेवारी बमोजिम चुनाव जिते लगत्तै रूद्रबेनी देखि वामीटक्सारको सडकमा ४ वटा पुलको ठेक्का लगाईएको दाबी गरे ।

आफुले सुरू गरेको सालझण्डी तम्घास जोड्ने सडक अभिभावक बिहिन भएको अवस्थाको पनि अन्त्य भएको उनले बताए । उदघाटनको र शिलान्याशको फोटो खिच्नका लागि आफुले काम नगर्ने बताउँदै भण्डारीले गुल्मीलाई देशकै नमुना बनाउने अभियानको थालनी गरिएको जानकारी दिए ।

७ हजार बढी रूपन्देहीमा बसोबास गर्ने गुल्मेलीलाई बधाई दिँदै उनले रूपन्देहीबाट गाउँ फर्केर मत नदीएको भए जित्न कठिन रहेको स्मरढा गराए ।

उनले देशमा भ्रष्टाचारले डुङदुङी गनाएको अवस्था रहेको बताउँदै जुनसुकै तरिकाले भ्रष्टाचारको अन्त्य गर्न जरूरी रहेको बताए । उनले चन्द्र भण्डारीले घुस खायो भन्ने सुन्न नदिने प्रतिबद्धता ब्यक्त गरे । गुल्मीले नेपालको नेतृत्व गर्न सक्नेगरि काम गर्ने उनले घोषणा गरे ।

 

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ५ : २८ बजे

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा रहेका नेकपा एमालेका

कर्णाली राजमार्गमा सवारी दुर्घटना, एकजनाको शव फेला

सुर्खेत । कर्णाली राजमार्गमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

रासायनिक मल वितरणमा अनियमिता रोक्न मन्त्रीबाटै निगरानी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक

राम्दीको ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा

तानसेन । पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथिको ‘सिग्नेचर

पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि

काठमाडौं । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३