४ पुस २०८२, शुक्रबार | December 19, 2025

कपिलवस्तुमा सरुवा रोग र दाङको लमहीमा ट्रमा अस्पताल, बाँकेको खजुरामा प्रदेश विश्वविद्यालय



बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका सबै जिल्ला अस्पतालहरुलाई ५० शैयाको अस्पतालकारुपमा स्तर उन्नती गर्ने घोषणा गरेका छन् ।

आव २०७७।७८ को बजेट प्रस्तुत गर्दै आर्थिक मामीला मन्त्री समेत रहनुभएका मुख्यमन्त्री पोखरेलले रुकुम पुर्व, नवलपरासी, भिम अस्पताल, कपिलवस्तु र बर्दियाको जिल्ला अस्पताको स्तर उन्नतीका लागि १५ करोड बजेट बिनियोजन गरेको बताए ।

उनले १०९ वटै पालिकामा मुख्यमन्त्री ग्रामिणबिकास रोजगार कार्यक्रम संचालन गर्न १ करोड बिनियोजन गरेको बताए ।

पोखरेलले कपिलवस्तुको बिवराजमा सरुवारोग अस्पताल निर्माण गर्न १ करोड तथा दाङको लमहिमा ट्रमा अस्पतालका लागि ५ करोड बजेट बिनियोजन गरेको बताए ।

आव ०७७।७८ मा बांकेको खजुरामा प्रदेश बिश्व बिद्यालयको स्थापना गर्ने घोषणा गर्दै मुख्यमन्त्री पोखरेलले त्यसको लागि ७ करोड बजेट बिनियोजन गरेको बताए ।

उनले समपुरक बजेट अनुसार प्रदेशका स्थानीय सरकारहरुबाट समपुरक बजेटबाट बिकासको गतिलाई अगाडी बढाउन १ अर्व १५ करोड बिनियोजन गरेको बताए । समपुरक बजेटबाट ३ अर्बको काम हुने उनले अपेक्षा गरे ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ३ : ५३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको