४ आश्विन २०८३, आइतबार | September 20, 2026

मोतीपूर औद्योगिक क्षेत्रको काम अघि बढाउन आग्रह



बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धकलाई भेटेर मोतीपूर औद्योगिक क्षेत्रको काम अघि बढाउन आग्रह गरेका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सुवास सिटौलासँगको भेटमा प्रमुख पाण्डेयले मोतीपूर औद्योगिक क्षेत्रको काम अघि बढाउनका लागि आग्रह गरेका हुन् ।

उनले ड्रोनबाट नापजाँच सकिएपछिको प्रतिवेदन छिटै सम्बन्धित पालिकाहरुमा पठाइदिन पनि आग्रह गरे । ‘हामीले औद्योगिक क्षेत्रको जग्गा नापजाँच तथा सहजीकरणका लागि बनाएको कार्यदलले आफ्नो काम पूरा गरिसकेको छ, नगरप्रमुख पाण्डेयले भने–अब औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले नापजाँचपछिको प्रतिवेदन सम्बन्धित पालिकामा पठाएपछि पालिकाहरुले प्रतिवेदनलाई पास गरेर औद्योगिक क्षेत्र बनाउन योग्य क्षेत्र यकिन हुनेछ र जग्गा यकिन भएपछि बाँकी काम अघि बढ्नेछ ।’

नगरप्रमुख पाण्डेयले बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, शुद्धोधन गाउँपालिका र सियारी गाउँपालिकाको जग्गा औद्योगिक क्षेत्रअन्तरगत पर्ने भएकाले सम्बन्धित पालिकाभित्रको जग्गा घटाउनुपर्ने वा बढाउनुपर्ने भएमा पालिकाले निर्णय गरेर संघीय सरकारलाई पठाउने र सोहीअनुसारकोे जग्गा औद्योगिक क्षेत्रका लागि उपयोग हुने गरी निर्णय हुने बताए ।

मोतीपुर औद्योगिक क्षेत्रको जग्गासम्बन्धी समस्या समाधान र सहजीकरणका लागि बुटवल उपमहानगरपालिकाको अगुवाई तथा संयोजनमा गत भदौ १० गते जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा कार्यदल बनेको थियो ।

लामो समय बसोबास गरेका र लालपूर्जा भएका स्थानीयले जग्गा खाली नगरेपछि छ वर्षदेखि अलपत्र मोतीपुर औद्योगिक क्षेत्र निर्माणका लागि बुटवल उपमहानगरपालिकाको पहलमा जग्गा यकिन हुन लागेको हो ।

पाँच वर्षभित्र निर्माण पूरा गर्ने गरी २०७२ चैत १ मा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरिएको भएपनि स्थानीयको अवरोध र जग्गाको क्षेत्र यकिन नहुँदा औद्योगिक क्षेत्र निर्माणको काम अलपत्र परेको थियो ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ८ : ५५ बजे

आजपनि बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ ।

साउदी अरबमाथि भएको हुथी आक्रमणको यमन सरकारद्वारा कडा शब्दमा निन्दा

यमन । यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले साउदी अरबको

परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीतिक शाखा स्थापना

काठमाडौं । परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी । वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार

कुनै चमत्कार नभए कांग्रेस विभाजनको अन्तिम डिलमा पुग्यो : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी