१८ असार २०८३, बिहिबार | July 2, 2026

भैरहवाका स्पा सेन्टरमा प्रहरीको अनुगमन, १५ जना नियन्त्रणमा



भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवाका दुई स्पा सेन्टरमा अनुगमन गरेको छ ।

स्पा सेन्टरको नाममा अनौतिक कार्य भइरहेको सूचना पाएपछि रुपन्देही प्रहरीले भैरहवाको आवारोडस्थित हनि स्पा एण्ड सैलुन र बैंक रोडस्थित युनिक स्पा एण्ड सैलुनमा अनुगमन गरेको हो ।

अनुगमनको क्रममा प्रहरीले शंकास्पद क्रियाकलापमा संलग्न रहेको आरोपमा १५ जनालाई नियन्त्रणमा लिएको छ । स्पा सेन्टरमा मापदण्ड विपरितका काम भइरहेको गुनासाका आधारमा अनुगमन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

अनुगमनको क्रममा युनिकबाट ३ महिला र ३ पुरुष गरी ६ जना  र हनिबाट ४ पुरुष र ५ महिला गरी १५ जनालाई नियन्त्रणमा लिइएको हो । उनीहरुलाई सम्झाइबुझाइ गरेर छोडिएको उनले अर्यालले बताए ।

स्पा व्यवसाय संचालन सम्बन्धी भएको आचारसंहिता नै पालना नगरी स्पा सेन्टरको नाममा दुरुपयोग गरेकोले पहिलो पटक अनुगमन टोलीले जिल्ला प्रहरी कार्यालयमा ल्याई सचेत गराइ छाडिएको छ । स्पा सेन्टर संचालकलाई समेत मापदण्डमा विपरितका गतिवधी दोहिरीएमा कारवाही गरिने प्रहरी प्रवक्ता अर्यालले भने ।

रुपन्देहीमा पछिल्लो समय स्पा सेन्टरहरु धमाधम संचालनमा छन । कतिपय दर्ता भएपनि अधिकांस दर्ता नभएको पाएपछि नगरपालिकाले पनि करको दायरामा ल्याउन अनुगमन गरिरहेको छ ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ७ : १३ बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले