६ श्रावण २०८३, बुधबार | July 22, 2026

पाँच महिनामा ६ खर्ब व्यापार घाटा



काठमाडौं । चालू आर्थिक वर्ष २०७९-८० को पहिलो पाँच महिनामा देशको व्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख ४८ हजार पुगेको छ । निर्यातभन्दा आयात बढी हुने भएकाले नेपालको व्यापार घाटा बढ्दै आएको छ ।

चालू आवमा भएको कुल व्यापारमा निर्यात हिस्सा ९ प्रतिशत मात्र रहेको छ भने आयात हिस्सा ९१ प्रतिशत रहेको छ । सबैभन्दा बढी व्यापार घाटा भारतसँग छ । भारतसँग मात्र पाँच महिनामा ३ खर्ब ५२ अर्ब ८० करोड २९ लाख ६७ हजारको व्यापार घाटा भएको छ । समग्र व्यापार घाटाको ६० प्रतिशतभन्दा बढी हिस्सा भारतले ओगटेको छ ।

अधिक व्यापार घाटा हुने दोस्रो मुलुकमा चीन परे पनि ऊसँग व्यापार घाटा ९४ अर्ब ३३ करोड ६३ लाख मात्र छ । व्यापार घाटामा तेस्रा स्थानमा रहेको इन्डोनेसियासँग २० अर्ब ८३ करोठ ४ लख ६२ हजार छ भने चौथो स्थामा रहेको युनाइटेड अरब इमिरेटसँग १६ अर्ब ५५ करोड १५ लाख र पाँचौं स्थानमा रहेको अर्जेन्टिनासँग १४ अर्ब ४३ करोड ५० लाख ९३ हजार व्यापार घाटा छ ।

व्यापार घाटा रहको अन्य मुलुकमा क्रमशः कतार, ओमान, मलेसिया, जोर्डन, युक्रेन, अस्ट्रेलिया, साउदी अरेबिया, बेल्जियम, थाइल्यान्ड, भियतनाम, कोरिया, ब्राजिल, बंगलादेश पाराग्वे, फ्रान्स, सिंगापुर, साउथ अफ्रिका, ताइवान, जापान, क्यानाडा, हङकङ छन् ।

त्यस्तै, स्विजरल्यान्ड, जर्मनी, टर्की, अस्ट्रिया, पोल्यान्ड, न्युजिल्यान्ड, इजरायल, युके, इटाली, तान्जानिया, नेडरल्यान्ड, कुवेत, चेक रिपब्लिक, बहराइन, म्यानमारलगायतसँग व्यापार घाटा रहेको छ ।

दक्षिण एसियाली सानो मुलुक भुटानसँग समेत २४ करोड ९५ लाख ४० हजारको व्यापार घाटा रहेको छ । व्यापार फाइदा भएका मुलुकमा भने अमेरिका अग्रस्थानमा छ ।

संयुक्त राज्य अमेरिकासँग नेपालको व्यापार फाइदा ११ करोड ५४ लाख ९ हजार रहेको छ । साउनदेखि मंसिरसम्ममा व्यापार फाइदा भएका मुलुकमा अल्जेरिया, कम्बोडिया, रोमानिया, उरुग्वे, नर्वे, क्रोयसिया, कंगो, अफगानिस्तान, मोरिससलगायत छन् ।

गत वैशाखबाट सरकारले विलासिताका सामग्री आयातमा प्रतिबन्ध लगाएका कारण यसपालि कमै व्यापार घाटा भएको छ । गत आर्थिक वर्ष पहिलो पाँच महिनामा व्यापार घाटा ७ खर्ब ३५ अर्ब ४८ करोड ७६ लाख ७० हजार थियो । यो तथ्यांकले गत आवको तुलनामा चालूमा व्यापार घाटा १९ प्रतिशतले घटेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आव पहिलो पाँच महिनामा ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख ५० हजार आयात र निर्यात ६७ अर्ब ३० करोड ४५ लाख २ हजारको भएको छ । गत वर्षको तुलनामा आयातामा २० दशमलव ७१ प्रतिशत र आयात ३४ दशमलव ६१ प्रतिशतले घटेको छ ।

भन्सार विभागका अनुसार गत वर्ष साउनदेखि मंसिरसम्ममा ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख ४२ हजारको आयात र १ खर्ब २ अर्ब ९२ करोड ५ लाख ७२ हजारको निर्यात भएको छ ।

सरकारले लगाएको प्रतिबन्धका कारण आयात घटेको स्पष्ट भए पनि कुनै व्यवधानबिना ‘किन निर्यात घटेको हो ?’ त्यो भने पहिल्याउन सकेको छैन । मंसिरसम्म नेपालले १ खर्ब २३ अर्ब ६८ करोड मूल्यको कृषिजन्य वस्तु आयात गरेको छ ।

गत वर्ष यही अवधिमा १ खर्ब ८६ अर्ब ४७ करोडको आयात भएको थियो । सो तुलनामा यो वर्ष कृषिजन्य वस्तु आयात करिब एकतिहाइले घटेको छ । मंसिरसम्म २० अर्ब ३१ करोडको खाद्यान्न र १४ अर्ब ३१ करोडको तरकारी आयात भएको छ ।

मंसिरसम्म १ खर्ब ३४ अर्बको पेट्रोलियम पदार्थ, करिब ८४ अर्बको मेसिन र विद्युतीय उपकरण, करिब ६४ अर्बको फलाम आयात भएको छ । भन्सार विभागका अनुसार चालू आवको पाँच महिनामा कुल ७ खर्ब ३२ अर्ब ५ करोड ९ लाख ५२ हजारको कुल वैदेशिक व्यापार भएको छ ।

गत वर्ष ९ खर्ब ४१ अर्ब ३२ करोड ८८ लाख १४ हजारको कुल व्यापार भएको थियो । गत वर्षको तुलनामा कुल व्यापार २२ प्रतिशतले घटेको छ । आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ७ : ४७ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना