१८ असार २०८३, बिहिबार | July 3, 2026

सत्ता गठबन्धनको बैठक निस्कर्षबिहीन, भोलि फेरि बस्ने



काठमाडौ । नयाँ सरकार गठनबारे सहमति जुटाउन सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको बैठक झण्डै तीन घण्टा बसेपनि निष्कर्ष बिना सकिएको हो ।

राष्ट्रपतिले नयाँ सरकार गठन गर्न दिएको समयसीमा २४ घण्टा पनि बाँकी नरहँदा बसेको बैठकमा सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति जुट्न सकेन । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भोलि (आइतबार) बिहान बस्ने बैठकपछि निर्णय आउने बताए । उनले जनअभिमतलाई सम्मान गर्दै अघि बढ्न दलहरु तयार भएको पनि बताए । कार्कीले भने, ‘छलफल सकारात्मक छ । यही गठबन्धनकै सरकार बन्छ । भोलि फेरि एकपटक बसेर सहमति सार्वजनिक गर्छौं । प्रधानमन्त्री को पहिले र को पछि बन्ने भन्ने कुरा गौण हो’

नयाँ सरकारको नेतृत्वमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलको दाबी रहँदै आएको छ । माओवादी अध्यक्ष प्रचण्डले पहिलो चरणमा सरकारको नेतृत्व आफुले पाउनुपर्ने अडान राखिरहेका छन् । कांग्रेसले भने ठूलो पार्टी भएका कारण आफ्नै नेतृत्वमा सरकार बन्नुपर्ने दाबी रहेको छ ।

 

 

 

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ७ : ३५ बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले