२ भदौ २०८३, मंगलबार | August 18, 2026

सत्ता गठबन्धनको बैठक आज पुन: बस्दै



काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक आज पुनः बस्दै छ । शनिबार बसेको बैठक बिनानिष्कर्ष सकिए पछि आज पुनः बैठक बस्न लागेको हो ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक गठबन्धनभित्रका दलहरूमध्येबाट कसले पहिला सरकार बनाउने भन्ने विषयमा छलफल भए पनि निष्कर्षबिना सकिएको थियो ।

बैठकपछि सञ्चारकर्मीसँग सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा सहमति भएको बताएका थिए । उनले प्रधानमन्त्री को पहिला बन्ने भन्ने बारेमा आइतबार बैठक बसेर टुंगो लगाइने जानकारी दिएका थिए ।

प्रधानमन्त्री को पहिला हुने भन्ने विषय गौण भएको भन्दै उनले मुलुकलाई जनताको आकांक्षाअनुसार अघि बढाउनुपर्ने कुरा ठूलो रहेको बताए । उनले अबको सरकार गठबन्धनकै नेतृत्वमा बन्ने भन्दै गठबन्धनले नै जनताको शान्ति, विकास र समृद्धिको चाहनालाई पूरा गर्ने जिकिर गरे ।

सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई आइतबार ९आज० बेलुका ५ बजेसम्मको समय दिएकी छन् ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ७ : ३३ बजे

बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

काभ्रेपलाञ्चोक । बिपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको

चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-६ लोक्पास्थित क्यान्टिलिभर पुल ढुङ्गा

दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन

चितवन । गत आर्थिक वर्षमा २५ हजार ४२५ जनाले यहाँको

प्रतिनिधिसभा बैठकमा आज चार मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान

बाढी पहिरोले म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित, दुई आयोजना बन्द

म्याग्दी । बाढी, पहिरोका कारण म्याग्दी जिल्लामा सञ्चालित जलविद्युत् आयोजनाको