२ पुस २०८२, बुधबार | December 17, 2025

सत्ता गठबन्धनको बैठक आज पुन: बस्दै



काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक आज पुनः बस्दै छ । शनिबार बसेको बैठक बिनानिष्कर्ष सकिए पछि आज पुनः बैठक बस्न लागेको हो ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक गठबन्धनभित्रका दलहरूमध्येबाट कसले पहिला सरकार बनाउने भन्ने विषयमा छलफल भए पनि निष्कर्षबिना सकिएको थियो ।

बैठकपछि सञ्चारकर्मीसँग सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा सहमति भएको बताएका थिए । उनले प्रधानमन्त्री को पहिला बन्ने भन्ने बारेमा आइतबार बैठक बसेर टुंगो लगाइने जानकारी दिएका थिए ।

प्रधानमन्त्री को पहिला हुने भन्ने विषय गौण भएको भन्दै उनले मुलुकलाई जनताको आकांक्षाअनुसार अघि बढाउनुपर्ने कुरा ठूलो रहेको बताए । उनले अबको सरकार गठबन्धनकै नेतृत्वमा बन्ने भन्दै गठबन्धनले नै जनताको शान्ति, विकास र समृद्धिको चाहनालाई पूरा गर्ने जिकिर गरे ।

सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई आइतबार ९आज० बेलुका ५ बजेसम्मको समय दिएकी छन् ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ७ : ३३ बजे

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको

क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

काठमाडौं । यहाँस्थित चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर