२२ असार २०८३, सोमबार | July 7, 2026

परिवार नियोजनको ३ महिने नयाँ अस्थाई साधन ´सायना प्रेस` नेपालमा शुभारम्भ



बुटवल । परिवार नियोजनको ३ महिने नयाँ अस्थाई साधन ´सायना प्रेस` नेपालमा शुभारम्भ हुने भएको छ । महिलाहरुले प्रयोग गर्ने परिवार नियोजनको ३ महिने अस्थाई साधनका रुपमा छैटौ डिभाईस `सायना प्रेस´ (डिएमपिए-एससि) ईजेक्सन सेवा शुरु गर्ने भएको हो ।

नेपाल परिवार नियोजन संघ, रुपन्देही शाखाको आयोजनामा आईतबार बुटवलमा सायना प्रेस (डिएमपिए-एससि) सेवा बिस्तार सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम गरि जानकारी दिईएको छ । कार्यक्रममा संघका निमित्त शाखा प्रबन्धक तथा सिनियर नर्स विष्णु गुरुङले नेपालमा नयाँ ईन्जेक्सन लन्च भएको बताइन ।

यसअघि संघबाट परिवार नियोजनको ५ वटा डिभाईसहरुका सेवा उपलब्ध भएकोमा नया डिजाईस शुरु भएको उनले बताईन । तीन महिने डिएमपिए चलनचल्तीमा रहेकोमा त्योभन्दा प्रभावकारी नया डिभाईस शुरु गर्न लागेको उनले बताईन । सन २०१९ देखि २०२० सम्म २८ संस्थाको समन्वयमा ७ सय ९४ महिलाहरुमा परिक्षण गरिएको छ । सिन्धुली र नवलपरासीमा गरिएको पाईलटिङको क्रममा धेरै प्रभावकारी अथार्त असफल दर १ प्रतिशतमात्र रहेको बताईन ।

एफडब्लुडीले प्रमाणित गरेपछि सेवा शुरु गर्न लागेको उनले बताइन । नेपाल सरकारले ७ जिल्लामा शुरुवात गर्ने तयारी भएको उनले बताइन । नवलपरासी, ललितपुर, रुकुम पुर्व, सिन्धुली, पर्सा र कैलालीमा शुरु हुने छ । भने परिवार नियोजनका देशभरका साखाहरुमा यो सेवा संचालन हुने उनले बताइन ।

रुकुम, नवलपरासीसहित संघका शाखाहरुबाट सेवा सुरु हुने उनले बताए । अस्थाई परिवार नियोजनको साधन भएको उनले बताए । सकारात्मक पक्ष भनेको १५० एमजी हर्मोन प्रयोग हुन्छ भने यो १०४ एमजी प्रोजेक्टिक्स हर्मोन रहेको छ । मात्राका हिसाबले कम प्रयोग हुन्छ । यो अटोमिटिक भायल भएर आउछ । आफै सेल्फ ईन्जेक्ट गर्न मिल्ने किसिमको छ तर नेपालमा भने सेवा लिने रुपमा छ । मासुका लगाइन्थ्यो भने यो बोसोमा लगाईन्छ ।

गर्भवति नभएकी महिलाले लगाउन मिल्छ । महिनावारी भएको सात दिन, बच्चा भएको ४२ दिनपछि लगाउन मिल्छ । यो ईन्जेक्सन हातको पाखुरा, नाईटोको बाहिरी भाग, र खुट्टाको तिघ्रामा लगाउन मिल्छ । एक पटक लगाएपछि ३ महिनासम्म गर्भ रोकिने उनले बताईन । महिनावरी नियमित नहुने, तौल घट्नेबढ्ने, यौनचाहना घटबढ गराउने जस्ता साईड ईफेक्ट देखिन सक्ने समभावना भने रहने उनले बताईन ।

यसको प्रयोगका लागि अहिलेसम्म ४० भन्दा बढि देशमा रजिस्टार भएको उनले बताईन । पहिले भन्दा सेवाग्राहीको रुचि र चाहना परिवर्तन भएको उनले बताईन । निशुल्क मिनि ल्याब र भ्यासोटोमी सेवा नियमित दिदै आएको उनले बताईन ।

नेपाल परिवार नियोजन रुपन्देही शाखाको युवा संयोजक अशोक गौतमले परिवार योजनाका रुपमा परिवार नियोजनका ८ वटा सेवाहरु दिदै आएको बताए । संघमा महिलाहरुलाई विशेषज्ञबाट सेवा दिने तयारी रहेको उनले बताईन ।

यसैगरि प्रभावकारी रुपमा पाठेघरको क्यान्सरको परिक्षण गरिदै आएको उनले बताईन । बुटवल शाखाबाट क्राई थेरापीको समेत सेवा दिदै आएको उनले बताईन । संघबाट १२ हप्तासम्मको गर्भपतन सेवा र तालिमसमेत चलाउदै आएको उनले बताईन । बाझोपनाको उपचार, परामर्श समेत गर्दै आएको उनले बताईन ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ८ : ३६ बजे

प्रगतिवादी लेखक संग्रौलाले गरे लेखक साहनीका तीन पुस्तकको विमोचन

बुटवल । लेखक साहित्यकार दील साहनीको तीन कृतिको आईतबार बुटवलमा

बाल विकास केन्द्रलाई लायन्स क्लबको सहयोग

बुटवल । लायन्स क्लब अफ बुटवलले बुटवल उपमहानगरपालिका वडा नं.

व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धीकरणको

बाँकेमा ३० प्रतिशत मात्रै रोपाइँ

नेपालगन्ज । यस वर्ष पर्याप्त वर्षा नहुँदा अहिलेसम्म बाँकेमा करिब

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ