१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

नेवारी परम्परागत खानाको परिकार बचाउन बुटवलमा ‘नेवाः भोय’



बुटवल । बुटवल लायन्सको लायनेशहरुले परम्परागत नेवारी भोज सहतिको सांगीतिक कार्यक्रम सम्पन्न गरेका छन् । नेवारी, कला, संस्कृति र परिकारको जगेर्ना गर्ने उद्देश्यले नेवा भोजको कार्यक्रम आयोजना गरिएको लायनेश क्लव अफ बुटवलले जनाएको छ ।

बुटवल स्थित विश्व हिन्दु महासंघमा आयोजित नेवारी भोज कार्यक्रममा आमन्त्रितहरुलाई शुरुमा छोयला (पोलेको मासु), छों (जाँड), बारा (मासको रोटी)ले स्वागत गरिएको थियो भने भोजमा बजी (चिउरा), मुस्या ( भटमास), छोयला, झोल मासु, योमरी, आलुको अचार, बोडी दाना, साग, मेथीको चट्नी सहित वासः(लोकल रक्सी)को व्यवस्था गरिएको थियो ।

भोज कार्यक्रम अघि आयोजित उदघाटन कार्यक्रममा बोल्दै लायन्स क्लवका डिस्ट्रिक गभर्नर नवराज न्यौपानेले नेवार समुदाय परिकार र संस्कृतिले सदियौं देखि धनी समुदायमा पर्ने बताए । आज आयोजित भोजले भाषा, संस्कृति र परिकारको संरक्षणमा टेवा पुग्ने उनले बताए ।

लायन्स क्लव अफ बुटवलका पूर्व अध्यक्ष एवं सल्लाहकार अनिल प्रसाद श्रेष्ठले नेवारी परिकार र संस्कृतिको जगेर्ना गर्न कार्यक्रमले उल्लेखनिय योगदान गर्ने बताए । लायनेश मेनुका श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब डिस्ट्रिकका प्रथम उपाध्यक्ष अर्जुनमान सैजु, द्धितिय उपाध्यक्ष पुरुषेत्तम प्रधानाङ्ग लगायतले नेवारी भाषा र संस्कृतिका विषयमा चर्चा गरे ।

कार्यक्रममा नेवाः कलाकारहरुले नेवारी भाषाका गितमा नृत्य प्रस्तुत गरेका थिए ।

भाषा, कला र संस्कृतिका हिसावले सम्पन्न जातीकारुपमा रहेको नेवाः समुदाय विशेषगरि खानाका परिकारमा निकै समृद्ध मानिन्छ । वर्षका सबै महिनाहरुमा कुनैन कुनै पर्वका नाममा भोज गर्ने नेवाः भोय (नेवारी भोज) मौसम अनुसार छुट्टाछुट्टै परिकार बन्ने भएकाले स्वस्थकर र पाचन योग्य पन रहेको नेवाः अगुवाहरुको दाबी रहँदै आएको छ ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ४ : १४ बजे

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद