१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

प्रदेशमा एमाले चार माओवादीले दुई प्रदेश सरकारको नेतृत्व गर्ने सहमति !



काठमाडौं । २०७४ को बाम गठबन्धनबाट चुनाव लड्दा नेकपा भित्रबाट एमाले पक्षलाई परेको लुम्बिनी प्रदेशको मुख्यमन्त्री यस पटकको एमाले माओवादी भागवण्डामा माओवादीलाई पर्ने निश्चित जस्तै भएको छ । तत्कालिन अवस्थामा नेकपा भित्र सिट बाँडफाँट गर्दा एमाले पक्षबाट शंकर पोखरेल मुख्यमन्त्री बनेकोमा यसपटकको एमाले माओवादी सहितको गठबन्धनबाट माओवादीले प्रदेश सरकारको नेतृत्व गर्ने सहमति नजिक पुगेको बताइएको छ ।

सत्ता साझेदार मुख्य दुई दल एमाले र माओवादी केन्द्रबीच भएको प्रारम्भिक सहमति अनुसार सातै प्रदेशमा नेतृत्व गर्ने विषयमा सहमति भएको ती पार्टीका उच्च स्रोतले बताएका छन् ।

सहमति अनुसार एमालेले चारवटा प्रदेशमा सरकारको नेतृत्व गर्ने, माओवादी केन्द्रले दुईवटा प्रदेशमा मुख्यमन्त्री लिने तथा मधेशमा जनमत, जसपाको आलोपालोमा नृतृत्व गर्ने सहमति नजिक नेताहरु पुगेको स्रोतको दाबी छ । बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बीचको छलफलमा सहमति भएको बताइएको छ । सहमति मौखिकरुपमा भएको र नेताहरुसँग छलफल गरेर मुर्तरुप दिइने विषयमा दुई अध्यक्ष सहमत भएको पनि स्रोतले बतायो ।

सहमति अनुसार एमालेले प्रदेश १, बागमती, गण्डकी र कर्णालीको मुख्यमन्त्री लिनेछ । त्यस्तै माओवादी केन्द्रले सुदुरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व गर्ने छ ।

खाका तयार गरेर सैद्धान्तिक सहमति मात्र भएको हो, यसले मुर्तरुप लिन बाँकी नै छ । माओवादीका एक नेताले भने ।

एमालेबाट प्रदेश १ मा हिक्मत कार्की, बागमतीमा जगन्नाथ थपलिया, गण्डकीमा खगराज अधिकारी र कर्णालीमा यमलाल कँडेललाई संसदीयदलको नेता चयन गरिसकेको छ भने माओवादीले कर्णालीमा राजकुमार शर्मालाई संसदीयदलको नेता छानेपनि लुमिबनी प्रदेशमा माओवादीले संसदीयदलको नेता छानेको छैन ।

माओवादीबाट सुदुरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री बन्नेछन भने लुम्बिनीमा जोखबहादुर महरा मुख्यमन्त्री बन्ने सम्भावना रेहेको बताइएको छ ।

 

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ५ : ५० बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा