२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

आलोपालो प्रधानमन्त्री : विघटन भएकै स्थानमा एमाले र माओवादी



काठमाडौं । नेपालको राजनीति दुईअघिको अवस्थामा पुगेको छ । तत्कालीन नेकपाभित्र केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको भनिएको आलोपालो प्रधानमन्त्री बनाउने सहमति कार्यान्वयनको संघर्ष चलेको थियो ।

साविक नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने भएको भनिएको सहमति कार्यान्वयन गर्ने नगर्ने विषयमा संघर्ष चलेको थियो । उक्त संघर्षले मुलुककै राजनीति अस्थिरतामा धकेलियो ।

नेकपाभित्रको विवादले ५ पुस २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेका थिए । नेकपाभित्रको विवाद चर्किंदै जाँदा प्रचण्ड र नेता माधवकुमार नेपालसहितको सहयोगमा आफूविरुद्ध अविश्वास प्रस्ताव आउने भएपछि ओलीले संसद विघटन गरेका थिए ।

संसद पुनर्र्थापनाको नाममा प्रचण्ड र नेपालले पार्टीभित्रबाट ओलीलाई कारबाहीको निर्णयदेखि प्रधानमन्त्रीबाट हटाउन संघर्ष चल्यो । र अन्ततः संसद पुनरर््थापित भयो भने एमाले विघटन भई एमाले र माओवादी केन्द्र ब्यूँतियो । साथै एमाले विभाजन भयो ।

संसद विघटन गराउनेदेखि एमाले विभाजन गराउनेसम्मको कारक थियो- ओली र प्रचण्डबीच आलोपालोको सहमति कार्यान्वयन नहुनु । ठिक आइतबार उनै ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बनाउने सहमति भएको छ ।

एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुपिक्त पार्टीबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ ।
सात दलको सहमतिमा प्रचण्ड प्रधानमन्त्री बन्दै छन् ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ४ : २६ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,