७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

प्रदेशमा एमाले चार माओवादीले दुई प्रदेश सरकारको नेतृत्व गर्ने सहमति !



काठमाडौं । २०७४ को बाम गठबन्धनबाट चुनाव लड्दा नेकपा भित्रबाट एमाले पक्षलाई परेको लुम्बिनी प्रदेशको मुख्यमन्त्री यस पटकको एमाले माओवादी भागवण्डामा माओवादीलाई पर्ने निश्चित जस्तै भएको छ । तत्कालिन अवस्थामा नेकपा भित्र सिट बाँडफाँट गर्दा एमाले पक्षबाट शंकर पोखरेल मुख्यमन्त्री बनेकोमा यसपटकको एमाले माओवादी सहितको गठबन्धनबाट माओवादीले प्रदेश सरकारको नेतृत्व गर्ने सहमति नजिक पुगेको बताइएको छ ।

सत्ता साझेदार मुख्य दुई दल एमाले र माओवादी केन्द्रबीच भएको प्रारम्भिक सहमति अनुसार सातै प्रदेशमा नेतृत्व गर्ने विषयमा सहमति भएको ती पार्टीका उच्च स्रोतले बताएका छन् ।

सहमति अनुसार एमालेले चारवटा प्रदेशमा सरकारको नेतृत्व गर्ने, माओवादी केन्द्रले दुईवटा प्रदेशमा मुख्यमन्त्री लिने तथा मधेशमा जनमत, जसपाको आलोपालोमा नृतृत्व गर्ने सहमति नजिक नेताहरु पुगेको स्रोतको दाबी छ । बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बीचको छलफलमा सहमति भएको बताइएको छ । सहमति मौखिकरुपमा भएको र नेताहरुसँग छलफल गरेर मुर्तरुप दिइने विषयमा दुई अध्यक्ष सहमत भएको पनि स्रोतले बतायो ।

सहमति अनुसार एमालेले प्रदेश १, बागमती, गण्डकी र कर्णालीको मुख्यमन्त्री लिनेछ । त्यस्तै माओवादी केन्द्रले सुदुरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व गर्ने छ ।

खाका तयार गरेर सैद्धान्तिक सहमति मात्र भएको हो, यसले मुर्तरुप लिन बाँकी नै छ । माओवादीका एक नेताले भने ।

एमालेबाट प्रदेश १ मा हिक्मत कार्की, बागमतीमा जगन्नाथ थपलिया, गण्डकीमा खगराज अधिकारी र कर्णालीमा यमलाल कँडेललाई संसदीयदलको नेता चयन गरिसकेको छ भने माओवादीले कर्णालीमा राजकुमार शर्मालाई संसदीयदलको नेता छानेपनि लुमिबनी प्रदेशमा माओवादीले संसदीयदलको नेता छानेको छैन ।

माओवादीबाट सुदुरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री बन्नेछन भने लुम्बिनीमा जोखबहादुर महरा मुख्यमन्त्री बन्ने सम्भावना रेहेको बताइएको छ ।

 

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ५ : ५० बजे

विद्यार्थीलाई नमाज पढ्नका लागि आइतबारको सट्टा शुक्रबार सार्वजनिक बिदा

नेपालगन्ज । संघीय सरकारले घोषणा गरेको दुईदिने सार्वजनिक बिदालाई बाँकेको

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ । कालिगण्डकी करिडोरअन्तर्गत बेनीजोमसोमकोरला सडक आयोजनाले उत्तररदक्षिण जोड्ने कोरलाको

धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो

काठमाडौं । टोखा नगरपालिका-७ स्थित धापासी–ग्रीनल्याण्ड आसपासका अतिक्रमित घर–टहरा हटाइएको

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या

चितवन । बिरामीको चाप बढेसँगै सेवा विस्तारको आवश्यकता बढ्दै गए

पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदा, इजलास सञ्चालन नहुने

काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको बुधबार निधन