२ श्रावण २०८३, शनिबार | July 18, 2026

सत्ता समिकरण फेरिएसँगै मुख्यमन्त्रीहरुको सम्मेलन स्थगित



बुटवल । सत्ता समिकरण फेरिएसँगै लुम्बिनी प्रदेशको नयाँ राजधानी देउखुरीमा गर्ने भनिएको मुख्यमन्त्रीहरुको सम्मेलन स्थगित भएको छ । पुरानै गठबन्धनबाट बनेका मुख्यमन्त्रीहरुलाई देशमै एक मात्र नयाँ स्थानमा स्थानान्तरण गरिएको राजधानीको भ्रमण गराउने लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको रहर गठबन्धन फेरिएसँगै अधुरो रहन गएको छ ।

पुस १५ गते दाङ देउखुरीमा मुख्यमन्त्री सम्मेलन गर्ने प्रदेश सरकारले तयारी गरेको थियो । अघिल्लो प्रदेश सरकारको मध्यावधिमा बनेको नयाँ सत्ता गठबन्धनबाट बनेका र समायावधि सकिनै लागेका अन्य प्रदेशका मुख्यमन्त्रीहरुलाई नयाँ राजधानीमा भ्रमण गराउने र गत ५ वर्ष कार्याकालको समिक्षा गर्न सम्मेलन गरिने भएपनि केन्द्रको समिकरण फेरिएपछि प्रदेश सरकारले सम्मेलन स्थगित गरेको हो ।

राजनीतिक कारणले नै मुख्यमन्त्री सम्मेलन स्थगित गर्ने निर्णय भएको लुम्बिनी सरकारका प्रवक्ता तथा आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले बताए ।

नेकपा फुटेर बनेको सत्ता गठबन्धनबाट कांग्रेस माओवादी गठबन्धन गरेर चुनावमा गएको भएपनि एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका छन्।

यसैबीच लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पुस १८ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । शेरचनले स्थायी राजधानी देउखुरीमा बस्ने गरि प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश सभा सदस्यको सपथग्रहण र बैठक लुम्बिनीको नयाँ राजधानी देउखुरीमा नै हुनेछ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ७ : ४४ बजे

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन भाद्र १ गते

नेपालगन्ज । दलगत प्रतिस्पर्धाको परम्परा रहँदै आएको नेपालगन्ज उद्योग वाणिज्य

सरकारको नियत ठीक छ, जनतालाई मर्का परे निर्णय तुरुन्त सच्याइन्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको

इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

काठमाडौँ । यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय

घट्यो नेपालगन्ज भन्सारको राजश्व सङ्कलन, गत आवको तुलनामा १६ करोड कम राजश्व

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा

उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत

काठमाडौं । उद्योग विभागले आर्थिक वर्ष २०८२/८३ मा रु ५८