१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

स्वतन्त्र नागरिक समूहको साँगीतिक कोशेली ‘नेपालको जय होस’ को नृत्य निर्देशन कमल राईले गर्ने



बुटवल । स्वतन्त्र नागरिक समुह नेपालले बुटवलबाट देशभक्तिपूर्ण गित ‘नेपालको जय होस’ म्युजिक भिडियो प्रस्तुत गर्ने भएको छ । बुधबार बुटवलमा पत्रकार सम्मेलन गरि सुटिङको तयारी पुरा भएको जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा बोल्दै समुहका अध्यक्ष अध्यक्ष विश्वराज गैरेले म्युजिक भिडियोलाई फिल्म निर्देशक शिव ढकाल र नृत्य निर्देशक कमल राईको निर्देशन गर्ने तय भएको बताए । ६ मिनेट २० सेकेन्ड लामो गितको सुटिङ नयाँगाँउस्थित मुक्तिनाथ धाममा पुस १५ गते शुभमुहर्त गरिने अध्यक्ष गैरेले बताए । चार दिनसम्म चल्ने सुटिङ लुम्बिनी, मणिग्राम लगायत पर्यटकिय क्षेत्रहरुमा हुने उनले बताए ।

गैरेका अनुसार प्रविधि र प्राविधिक टिम भने काठमाडौबाट आउने छ । नागरिक समुहले तयार गर्न थालेको म्युजिक भिडियोमा ४० वर्षदेखि फिल्ममा नृत्य निर्देशकको रुपमा योगदान दिएका कमल राई पहिलो पटक म्युजिक भिडियो निर्देशन गर्नेगरि अनुबन्ध गरिएको उनले बताए । पाँच सय बढि फिल्ममा काम गरेको अनुभव बटुलेका राई म्युजिक भिडियोमार्फत पहिचानमा लागेका छन ।

पत्रकार सम्मेलनमा बोल्दै नृत्य निर्देशक राईले नयाँ युवाहरुमा अनुसासन र माटोको माया उत्पन्न गराउन आफुले म्युजिक भिडियो निर्देशन स्विकार गरेको बताए । बालबालिकाहरुलाई सन्देश दिन र नेपाल र नेपालीको पहिचान दिन म्युजिक भिडियो बनाउन थालिएको उनले बताए । उनले नयाँ पुस्तामा देश, देश प्रेम र माटो प्रतिको माया जगाउन बन्न लागेको म्युजिक भिडीयोले टेवा पुग्ने उनले बताए ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ११ : ०९ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा