२० भदौ २०८३, शनिबार | September 5, 2026

स्वतन्त्र नागरिक समूहको साँगीतिक कोशेली ‘नेपालको जय होस’ को नृत्य निर्देशन कमल राईले गर्ने



बुटवल । स्वतन्त्र नागरिक समुह नेपालले बुटवलबाट देशभक्तिपूर्ण गित ‘नेपालको जय होस’ म्युजिक भिडियो प्रस्तुत गर्ने भएको छ । बुधबार बुटवलमा पत्रकार सम्मेलन गरि सुटिङको तयारी पुरा भएको जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा बोल्दै समुहका अध्यक्ष अध्यक्ष विश्वराज गैरेले म्युजिक भिडियोलाई फिल्म निर्देशक शिव ढकाल र नृत्य निर्देशक कमल राईको निर्देशन गर्ने तय भएको बताए । ६ मिनेट २० सेकेन्ड लामो गितको सुटिङ नयाँगाँउस्थित मुक्तिनाथ धाममा पुस १५ गते शुभमुहर्त गरिने अध्यक्ष गैरेले बताए । चार दिनसम्म चल्ने सुटिङ लुम्बिनी, मणिग्राम लगायत पर्यटकिय क्षेत्रहरुमा हुने उनले बताए ।

गैरेका अनुसार प्रविधि र प्राविधिक टिम भने काठमाडौबाट आउने छ । नागरिक समुहले तयार गर्न थालेको म्युजिक भिडियोमा ४० वर्षदेखि फिल्ममा नृत्य निर्देशकको रुपमा योगदान दिएका कमल राई पहिलो पटक म्युजिक भिडियो निर्देशन गर्नेगरि अनुबन्ध गरिएको उनले बताए । पाँच सय बढि फिल्ममा काम गरेको अनुभव बटुलेका राई म्युजिक भिडियोमार्फत पहिचानमा लागेका छन ।

पत्रकार सम्मेलनमा बोल्दै नृत्य निर्देशक राईले नयाँ युवाहरुमा अनुसासन र माटोको माया उत्पन्न गराउन आफुले म्युजिक भिडियो निर्देशन स्विकार गरेको बताए । बालबालिकाहरुलाई सन्देश दिन र नेपाल र नेपालीको पहिचान दिन म्युजिक भिडियो बनाउन थालिएको उनले बताए । उनले नयाँ पुस्तामा देश, देश प्रेम र माटो प्रतिको माया जगाउन बन्न लागेको म्युजिक भिडीयोले टेवा पुग्ने उनले बताए ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ११ : ०९ बजे

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

काठमाडौं । म त पर्खेको पर्खै छु बतास बनी छुन

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो

इलाम । परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला

तिनाउमा बन्ने सिग्नेचर ब्रिजको ठेक्का सम्झौता, ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे सडकखण्ड विस्तार योजनासँगै बुटवलस्थित तिनाउ

भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै

काठमाडौं । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा

भोटेकोशी बाढीमा ४,८९८ जना बेपत्ता, १,३४४ शव फेला

काठमाडौं । नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको खोज, उद्धार