२९ मंसिर २०८२, सोमबार | December 15, 2025

खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष शेर्पाको निधन



सोलुखुम्बु । सोखुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अध्यक्षको निधन भएको छ ।

मंगलबार बिहान ८३० बजे गाउँपालिका अध्यक्ष ङिम दोर्जी शेर्पाको ३९ बर्षको उमेरमा निधन भएको हो ।

सानो आन्द्रामा क्यान्सर भएर १० महिनादेखि थलिएका शेर्पाले काठमाडौंको ह्याम्स अस्पतालमा केमोथेरापी गरिरहेका थिए । तर स्वास्थ्यमा सुधार नआएपछि उनलाई हेलिकोप्टरमार्फत जन्मस्थल लुक्ला ल्याइएको थियो ।

गाउँपालिकाले आफ्ना अध्यक्षको अल्पायुमै निधन भएकोमा गहिरो शोक व्यक्त गरेको छ । स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि शेर्पाले गाउँपालिकाका उपाध्यक्ष टासील्हामु शेर्पालाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिएका थिए ।

खुम्बु क्षेत्र र शेर्पा समुदायमा लोकप्रिय बनेका शेर्पा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (तत्कालिन नेकपा एमाले)को तर्फबाट उम्मेदवार बनि विजयी बनेका थिए ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  १० : ४९ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती