२३ श्रावण २०८३, शनिबार | August 8, 2026

खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष शेर्पाको निधन



सोलुखुम्बु । सोखुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अध्यक्षको निधन भएको छ ।

मंगलबार बिहान ८३० बजे गाउँपालिका अध्यक्ष ङिम दोर्जी शेर्पाको ३९ बर्षको उमेरमा निधन भएको हो ।

सानो आन्द्रामा क्यान्सर भएर १० महिनादेखि थलिएका शेर्पाले काठमाडौंको ह्याम्स अस्पतालमा केमोथेरापी गरिरहेका थिए । तर स्वास्थ्यमा सुधार नआएपछि उनलाई हेलिकोप्टरमार्फत जन्मस्थल लुक्ला ल्याइएको थियो ।

गाउँपालिकाले आफ्ना अध्यक्षको अल्पायुमै निधन भएकोमा गहिरो शोक व्यक्त गरेको छ । स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि शेर्पाले गाउँपालिकाका उपाध्यक्ष टासील्हामु शेर्पालाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिएका थिए ।

खुम्बु क्षेत्र र शेर्पा समुदायमा लोकप्रिय बनेका शेर्पा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (तत्कालिन नेकपा एमाले)को तर्फबाट उम्मेदवार बनि विजयी बनेका थिए ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  १० : ४९ बजे

माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

इलाम । जिल्लाको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौं । विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आइपिपी)बीच

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

प्रधानमन्त्री शाहले मध्यराती गरे आफु एक्लो परेको संकेत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले आफु एक्लो परेको संकेत