१६ बैशाख २०८१, आइतबार | April 28, 2024

भुमिकास्थान नगरपालिकामा ६ सय ३३ जनाले पाए अपाङ्गता परिचयपत्र



अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा ६ सय ३३ जनाले अपांगता परिचयपत्र प्राप्त गरेका छन् । अपांगता भएकालाई नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले अपांगता परिचयपत्र वितरण गरेको हो ।

परिचयपत्र प्राप्त गरेका ३२ पुरुष र २१ महिला गरी ५३ मध्ये चार जनाले ‘क’ वर्गको परिचयपत्र पाएका छन् । ३८ जनाले ‘ख’ वर्गको, पाँच जनाले ‘ग वर्गको र ६ जनाले ‘घ’ वर्गको परिचयपत्र प्राप्त गरेका छन् ।

उपमेयर बालकृष्ण बन्जाडेले अशक्त अपांग भुमिकास्थान-३ का दिपक बन्जाडे र नरहरी पौडेललाई ‘क’ वर्गको रातो कार्ड (परिचयपत्र) वितरण गर्दै कार्यक्रमको उद्घाटन गरेका हुन् ।

वडाले गरेको सिफारिस तथा अन्य अपांगता खुल्ने कागजात र नागरिकको प्रत्यक्ष उपस्थितिमा परिचयपत्र वितरण गरिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शान्ता आचार्यले जानकारी दिइन् ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ८ : ५५ बजे

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।

इलाम-२ मा कांग्रेसका खड्काको अग्रता कायमै, सुहाङले घटाए दुरी

इलाम । इलाम (२ को मत गणनाको पहिलो अपडेट आएको

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा