४ पुस २०८२, शुक्रबार | December 20, 2025

आजबाट देशभरका हलमा ‘डिसेम्बर फल्स’ प्रदर्शन



काठमाडौं । आजबाट फिल्म ‘डिसेम्बर फल्स’ सार्वजनिक प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै आज शुक्रबारबाट देशभर यो फिल्म प्रदर्शनमा आएको हो ।

अन्य कुनै नेपाली फिल्म भिड्न नआएको कारण यसले एकल प्रदर्शन अवसर पाएको छ । अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्मले सिंगल थियटरको अलवा मल्टिप्लेक्समा पनि राम्रो शो पाएको छ । देशकै सबैभन्दा ठुलो चेन भएको क्यूएफएक्सले यो फिल्मलाई देशभर २९ शोज दिएको छ ।

विशेषगरि, हलमा नयाँ फिल्म नहुनु, पुरानो फिल्मले पनि एक सातामै दम तोड्नु यसलाई फाइदा भएको देखिन्छ । लभ, एक्सन, सस्पेन्स र थ्रिलर बिषयमा निर्माण भएको यो फर्मुला फिल्म हो । दर्शक रिझाउने फर्मुला फिल्ममा रहेको निर्माण युनिटले बताउदै आएको छ ।

प्रवीण झाको निर्देशन र महेश आर गुप्ताको छायांकन रहेको फिल्मलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् । रिजालले यसअघि ‘वान डे’, ‘कसम’, ‘धुवाँ यो नशा’ र ‘कायरा’ निर्माण गरिसकेका छन् । ‘डिसेम्बर फल्स’ उनको पाँचौ फिल्म हो ।

फिल्ममा आर्यन र उपासनाको अलवा सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणा लगायतको अभिनय छ । रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’ को कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने निर्मातामा रामप्रसाद रिजालसँगै राजकुमार भट्ट छन् ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ९ : ३० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको