२३ भदौ २०८३, मंगलबार | September 8, 2026

बाँकेको बाल सुधारगृह असुरक्षित : सुधार गृहबाट ४ जना फरार



नेपालगन्ज । बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधारगृहमा सुरक्षाको उचित व्यवस्था नहुँदा बाल सुधारगृहमा राखिएका चार जना फरार भएका छन् ।

अपराधमा मुछिएका बालकलाई उक्त बाल सुधार गृहमा राख्ने गरिएको छ । जबरजस्ती करणीका तीन जना र कर्तब्य ज्यान मुद्दाका एक जना विहीवार साँझ फरार भएको प्रहरीले जनाएको छ । सुधार गृहबाट जबरजस्ती मुद्दाका धर्म थापा, कृष्ण नगरकोटी र अविनाश पुन तथा कर्तब्य ज्यान मुद्दाका पुरन चौधरी फरार भएका हुन् ।

फरार रहेका बालकको खोजी जारी रहेको बाँके प्रहरीले जनाएको छ । बन्दी गृहमा रहेका बालक फरार भएपछि त्यसको छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीको संयोजकत्वमा समिति समेत गठन गरिएको छ। समितिमा अनुसन्धान विभाग, प्रहरी र कारागारका प्रतिनिधी छन् ।

बाँके प्रहरीका प्रवक्ता डीएसपी रामप्रसाद घर्तिले फरार रहेका बालकको खोजी भइरहे पनि फेला नपरेको जानकारी दिए ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ३ : ५९ बजे

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

पाखरा । पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ देखि सुरु

चीनले चौँथोपटक पठायो रसुवा बाढीपिडीतका लागि राहत सामग्री

काठमाडौँ। चीनले रसुवा बाढीपिडीतका लागि चौँथोपटक राहत सामग्री पठाएको छ

ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ

काठमाडौ । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला, पाँच हजार ३२६ जना सम्पर्कविहीन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी

पहिरोमा छात्र पुनको मृत्यु

तुलसीपुर । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी