पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेकाछन् ।
नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले औपचारिक उद्घाटन गरेका हुन् ।
अहिले पनि उद्घाटन समारोह चलिरहेको छ । उद्घाटन समारोहमा हजारौं पोखरावासी उपस्थित भएका छन् । उद्घाटनका क्रममा हेलिकोप्टरमार्फत् पुष्प वृष्टि गरिएको थियो ।
अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने भएकाले आइतबार पोखरा महानगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।




















प्रतिक्रिया