२० असार २०८३, शनिबार | July 4, 2026

प्रभुको आम जनता पार्टीले पायो रामवीर मानन्धरको साथ



काठमाडौं । पूर्वमन्त्री प्रभु साहलाई काठमाडौंका नेता रामवीर मानन्धरले साथ दिएकाछन् ।

साहको अध्यक्षतामा गठित आम जनता पार्टीलाई साथ दिने भएका हुन् । दुई नेताबीच मानन्धर निवास माछापोखरीमा भएको छलफलपछि मानन्धरले आम जनता पार्टीलाई साथ दिनेविषयमा सहमति भएको हो । दुई नेता लामो समयदेखि लामो समयदेखि सहकार्यमा रहेका छन् ।

‘मिलेर पार्टी खोल्ने पूर्वसहमतिकै निरन्तरताको रुपमा मानन्धर अब आजपामा संगठित रुपमा नै अगाडि बढने सहमति भएको हो’, आजपा प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले भने, ‘हाम्रो पार्टी अध्यक्ष प्रभु साहज्यू र पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरजी बीच भेटवार्ता भएको हो । उहाँहरु शहरी मन्त्रालयमा हुँदादेखि राम्रो सम्बन्ध थियो । त्यसकै निरन्तरता हो यो । उहाँ (रामवीर मानन्धर) हाम्रो पार्टीको साथमा हुनुहुन्छ ।’

माओवादीबाट नेकपा हुँदै एमाले बनेका साह गत निर्वाचनमा स्वतन्त्र हैसियतमा उम्मेदवार बनेर रौतहतबाट विजयी बनेका थिए । लामो समयदेखि एमालेको राजनीति गरेका मानन्धर यसअघि काठमाडौं क्षेत्र नं. ७ बाट विजयी भएर शहरी विकास राज्यमन्त्री बनेका थिए । सो समयमा प्रभु साह शहरी विकास मन्त्री थिए ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ११ : १० बजे

सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा

हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७

मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सिएल एक्सन

नेपाल आउने विदेशी पर्यटक बढे

काठमाडौं । नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल