१४ माघ २०८२, बुधबार | January 28, 2026

विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातारवरण बनाउन प्रधानमन्त्रीको पुन: निर्देशन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किंदा व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउने वातावरण बनाउन निर्देशन दिएका छन् ।

व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले कब्जामा लिएको चर्चा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत प्रयोजनका लागि अतिरिक्त मोबाइल ल्याउने वातावरण बनाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले राखेपछि व्यापक रुपमा विरोध भएसँगै प्रधानमन्त्री कार्यालयले अर्थमन्त्रालयलाई तत्काल यो समस्या समाधान गर्न निर्देशन दिएको हो ।

रोजगारीका सिलसिलामा विदेश गएका नेपालीहरुले आफूसँग फर्किँदा दुईवटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  १२ : ४२ बजे

अन्तरिम सरकारका मन्त्री चुनावी मैदानमा उत्रिएका भन्दै सांसदद्वारा आलोचना

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले अन्तरिम सरकारमा कतिपय मन्त्री

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । अघिल्लो दुई कारोबार दिन घटेको नेपाल स्टक एक्सचेञ्ज

स्थानीय जनताका बीचमा रहेर विकास निर्माणमा समर्पित हुनेछु : सभापति थापा

सर्लाही । नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नम्बर ४

एक वर्षभित्र ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई