२ भदौ २०८३, मंगलबार | August 18, 2026

अवको १५ दिनमा दर्ता नभएका मोबाइल फोन नचल्ने



काठमाडौंं । अबका केहीदिनमा नेपालमा दर्ता (सूचीकृत)नभएका मोबाइल नचल्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले १५ दिनभित्र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्णरूपमा कार्यान्वयन गर्ने तयारी गरेसँगै दर्ता नभएका मोबाइल नचल्ने भएको हो ।

प्राधिकरणले एक सूचना जारी गर्दै १५ दिनभित्र पनि एमडीएमएसमा दर्ता नभएमा त्यस्ता मोबाइलको दूरसञ्चार सेवा अवरुद्ध गर्ने चेतावनी दिएको छ । दर्ता नभएका मोबाइलमा नेटवर्क सेवा प्राप्त नहुने प्राधिकरणको सूचनामा उल्लेख छ ।

मोबाइल फोनको अवैध आयात, प्रयोग र बिक्री-वितरण रोक्न भन्दै प्राधिकरणले पटक-पटक एमडीएमएस लागू गरिएको घोषणा गरेपनि अमुक शक्तिको दवावमा पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन ।

यसघिदेखि पटक-पटक म्याद थप्दै आएको भनिए पनि अब अन्तिम पटकका लागि १५ दिनको समय दिइएको पनि प्राधिकरणले जनाएको छ । ‘मोबाइलको अबैध आयात गर्ने शक्तिको प्रभाव र दवाव नपरे अवको १५ दिनमा दर्ता नभएको मोबाईल चल्ने छैन ।’ दुरसञ्चार स्रोतले भन्यो ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पटक पटक समय थप गरिएको भए पनि यसपालि अन्तिम पटकका लागि मात्र भनेर समय थपिएको दाबी गरे ।

गएको बैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरेसँगै प्राधिकरणले जेठ १ गतेदेखि पूर्णरूपमा लागू गर्ने जनाएको थियो ।

यसपटक अन्तिम नै भएको भन्दै अध्यक्ष खनालले भने, ‘हामीले १५ दिनको समय दिएका छौँ । यो अवधिभित्र पनि मोबाइल रजिष्टर गरिएन भने अब बन्द गछौँ ।’

प्राधिकरणले यसअघि २०७८ साउन र २०७९ सालको भदौमा पनि एमडीएमएस प्रणाली आंशिक रूपमा लागू गरेको थियो । त्यसपछि २०७९ पुस १५ गते भने पूर्णरूपमा प्रणाली लागू गर्ने भनिएको थियो । तर वैदेशिक रोजगारीबाट फर्किएका नेपाली श्रमिकले ल्याएका मोबाइल फोनको पनि कर र भन्सार शुल्क तिर्नैपर्ने व्यवस्थाका कारण यसको व्यापक विरोध भएपछि रोकिएको थियो ।

प्राधिकरणका अनुसार व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँचपास भएका मोबाइल सेट एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुन्छन् । बाँकी सेट दूरसञ्चार प्राधिकरणको वेबसाइटमा गएर त्यहाँ भएको सूचना अनुसार दर्ता गराउनुपर्छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ३ : २३ बजे

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले गठन गर्‍यो चार सदस्यीय टोली

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार

नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान

काठमाडौं । टप एन्ड टी-२० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’

बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

काभ्रेपलाञ्चोक । बिपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको

चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-६ लोक्पास्थित क्यान्टिलिभर पुल ढुङ्गा

दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन

चितवन । गत आर्थिक वर्षमा २५ हजार ४२५ जनाले यहाँको