२० असार २०८३, शनिबार | July 4, 2026

रोल्पाबाट लुम्बिनी प्रदेशसभामा निर्वाचित स्वतन्त्र सांसद दिपेन्द्र पुन माओवादीमै फर्किए



काठमाडौं । रोल्पा क्षेत्र नम्बर १ (२) बाट माओवादीबाट बिद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएर लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका दीपेन्द्र कुमार पुनमगर (सिजल) नेकपा माओवादी केन्द्रमा फर्किएका छन् ।

गत मंसिर ४ को निर्वाचनमा तत्कालीन सत्ता गबठन्धनको आधिकारिक उम्मेदवार नेपाली कांग्रेसका अमरसिंह पुनविरुद्ध माओवादीबाट बिद्रोह गरेर उम्मेदवारी दिएका दीपेन्द्रपुनः माओवादीमा फर्केका हुन् । स्वतन्त्र उठेपनि दीपेन्द्रले माओवादी समर्थकहरुकै्र मतबाट साढे ५ हजार भन्दा बढी मत अन्तरले विजयी बनेका थिए । दीपेन्द्रले १४ हजार ९२७ मत पाउँदा अमरसिंहले १० हजार ४०६ मत पाएका थिए ।

प्रदेशसभा सदस्य दीपेन्द्रले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आत्मालोचना पत्र लेख्दै पार्टीमै फर्केका हुन् । उनलाई प्रचण्डले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा स्वागत गरेका छन् ।

निर्वाचन अघि दीपेन्द्र माओवादी केन्द्रको पोलिटव्युरो सदस्य एवम् रोल्पा जिल्ला इञ्चार्जको जिम्मेवारीमा थिए । उनले स्वतन्त्र उम्मेदवारी दिएपछि माओवादीले पार्टीका सबै जिम्मेवारीबाट कारवाही गरेर निस्कासन गरेको थियो ।

 

 

 

 

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ११ : ३४ बजे

यस्तो छ सरकारको सय दिने उपलब्धि (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा झण्डै दुई

सरकारका सय दिनका उपलब्धि सार्वजनिक : मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने

कांग्रेसको निस्कर्ष – १०० दिनमा सरकार असफल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको

सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा