२९ असार २०८३, सोमबार | July 13, 2026

कर्णाली प्रदेशमा एकै दिन १९१ जना कोरोना सक्रमित निको भइ घर फर्के



सुर्खेत । कर्णाली प्रदेशमा कोरोना सङ्क्रमण निको भई मंगलबार १९१ जना घर फर्केका छन् ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेख जिल्ला अस्पतालबाट १२०, दुल्लू अस्पतालबाट २७, सल्यान जिल्ला अस्पतालबाट ४१ र प्रदेश अस्पताल सुर्खेतबाट ३ गरी १९१ जना डिस्चार्ज भएका हुन् ।

कर्णालीमा हालसम्म कोरोना सङ्क्रमित ३४२ जना निको भई घर फर्केका छन् । स्वास्थ्य महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले कोरोना सङ्क्रमण जितेर घर जानेको क्रम अझैं बढ्ने बताउनुभयो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षणमा दैलेखका ५ र सुर्खेतका ४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

योसंगै कर्णालीमा कूल सङ्क्रमितको सङ्ख्या एक हजार ८६ पुगेको छ भने तीन जनाको मृत्यु भइसकेको छ । सङ्क्रमितहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताइएको छ । रासस

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ६ : ०३ बजे

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले

सभामुखप्रति कांग्रेसको असन्तुष्टि : ‘विपक्षको नाडी छाम्ने होइन, निष्पक्ष भूमिका निर्वाह गरुन!’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता

प्रधानमन्त्री शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार

बिभिन्न सुरक्षा चेकपोइन्ट पार गर्दै पोखरा पुगेका लागुऔषध कारोबारेहरु पोखराबाट पक्राउ

पोखरा । लागुऔषधसहित पाँचजना भारतीय नागरिक पक्राउ परेका छन्। कास्की