५ पुस २०८२, शनिबार | December 20, 2025

सरकारको न्यूनतम साझा कार्यक्रमलाई आज अन्तिम रूप दिदैं सत्ता साझेदार दलहरू



काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई आज सत्ता साझेदार दलहरूले अन्तिम रूप दिने भएका छन् । बुधबार बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम आज टुंगो लगाउने निर्णय गरेका हुन् ।

आज सत्ता साझेदार दलहरुले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने तयारी गरेको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विशेष गरेर आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुनसक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल तथा अन्य नीतिगत सवालमा केन्द्रित रहेर सरकारको न्यूनतम कार्यक्रम ल्याउने निर्णय गरेको थियो ।

सरकारको न्यूनतम कार्यक्रम ल्याएर सरकारले संसद्‌बाट विश्वासको मत ल्याएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुधबार बेलुका जानकारी दिए ।

बैठकमा सङ्घीय सरकारलाई पूर्णता दिने र प्रदेश सरकार गठनलगायत मुलुकको समसामयिक राजनीतिक र सामाजिक विषयमा समेत छलफल भएको थियो ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ८ : ४० बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र