५ पुस २०८२, शनिबार | December 20, 2025

सरकारकाे न्युनतम साझा कार्यक्रमलाई पूर्णता दिन कार्यदलको बैठक जारी



काठमाडौं । सरकारको न्युनतम कार्यक्रम बनाउन जिम्मेवारी पाएको कार्यदलको बैठक बसिरहेको छ ।

अर्थमन्त्रालयमा जारी बैठकले सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिनेछ । एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलले आर्थिक समृद्धि र विकास तथा जनचासोको विषयलाई कार्यक्रममा समेटेको छ ।

कांग्रेससँगको गठबन्धन तोडेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसहित दलको समर्थनमा प्रधानमन्त्री बनेका छन् । यही १४ पुसमा बसेको सत्तारुढ दलको बैठकले सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम बनाउन पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

कार्यदलमा एमालेबाट पौडेल, माओवादीबाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल र राप्रपाबाट धवलशमशेर राणा र जसपाबाट रकम चेम्जोङ छन् ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  १२ : ३४ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र