४ आश्विन २०८३, आइतबार | September 20, 2026

बुटवलमा शनिबार माघेसक्रान्ती खाना महोत्सव- २०७९ हुँदै



बुटवल । मगर संस्कृती र परम्पराको संरक्षण गर्ने उद्देश्यसहित बुटवलमा माघेसक्रान्ती खाना महोत्सव-२०७९ आयोजना हुने भएको छ । बुटवल-८ सुख्खानगरमा अवस्थित मगर खाजा घर एण्ड फेमेली रेष्टुरेन्टले  यही पौष ३० गते महोत्सवको आयोजना गर्ने भएको हो ।

चर्चित डान्सर र कलाकारहरुको सास्कृतिक कार्यक्रम सहित मगर सँस्कृतीका विभिन्न नाचगानसहित परम्परागत परिकारहरु महोत्सवमा राखिने सञ्चालक बसन्त थापा मगरले बताए । सुपथ मूल्यमा परम्परागत परिकार उपलब्ध गराइने महोत्सवमा करिब ५ सयको सहभागिता रहने उनले अपेक्षा गरे ।

महोत्सवमा आउने दर्शक तथा सेवाग्राहीले ५ सय रुपैयाँको टिकट काटेपछि ९ वटा परिकार प्राप्त गर्ने छन् । सो मूल्य बराबरको टिकटमा खिचडी, जँगली तरुलको भुजरी, बारा, सेल, मिक्स अचार, पकौडा, इट्ली, चिकेन रोष्ट तथा लोकल बंगुरको मासुको परिकार खान पाउने छन् । यस बाहेक अन्य परिकारहरु समेत महोत्सवमा राखिने उनले बताए ।

शनिबार दिनको १२ बजेदेखि सुरुहुने महोत्सव राती १० बजेसम्म सञ्चालन हुने छ । विगतका वर्षहरुमा समेत खाना महोत्सव गर्दै आएका सञ्चालक थापाले हराउँदै गएको मगर सँस्कृतीको संरक्षणका लागि सालैजो नाचको विशेष प्रस्तुती रहने बताए ।

यसैगरी सहरीकरणसँगै हराउँदै गएको मगर परम्पराका खानाहरु बारे जानकारीसहित स्वाद उपलब्ध गराउने गंगा थापा मगरले बताइन । मगर समुदायको विशेष पर्वको रुपमा रहेको माघे संक्रान्तीलाई लक्षित गरि आयोजना गरिने महोत्सवमा २ लाख बढीको आर्थिक कारोबार हुने उनको अपेक्षा छ ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ७ : ४९ बजे

तानसेनको मध्यकालीन पहिचान खोजिँदै

पाल्पा । ऐतिहासिक सहर तानसेनको मध्यकालीन पहिचान स्थापित गर्न पुराना

विकास-निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ । व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी

आज हिमाली र पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली

ब्राइटनसँग पराजित आर्सनलले गुमायो शीर्षस्थान

काठमाडौं । प्रिमियर लिगमा ब्राइटनसँग ३-० ले पराजित भएपछि आर्सनलले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको लगातार सातौँ जित

काठमाडौं । ब्राजिलियन फरवार्ड राफिन्हाले ह्याट्रिक गरेपछि बार्सिलोनाले शनिबार सेभियालाई