५ पुस २०८२, शनिबार | December 20, 2025

सरकार असफल बनाउने प्रयास गरियो : एमाले अध्यक्ष ओली



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाह्य शक्तिहरू सरकारलाई असफल बनाउने प्रयास गरेको टिप्पणी गरेका छन् । नेपाल मार्बल व्यापार सङ्घ नेपालको १०औँ अविधेशनमा उहाँले अहिले भर्खरै गठन भएको सरकारलाई असफल बनाएर अस्थिरता निम्त्याउन खोजेको आशङ्का गरे ।

अध्यक्ष ओलीले भने, “अस्थिरता फेरि फर्काउन खोज्ने, स्थिरता हुनै नदिने, राजनीतिक अस्थिरताकाबीच भएको स्वाभिमानी सरकार निर्माण सानो देखिए पनि ठूलो खुसीको कुरा हो ।” उनले नेपालको विकासमा चासो नहुने बाह्य शक्तिलाई राजनीतिमा चाहिँ किन चासो भएको भन्दै आश्चर्य व्यक्त गरे । उनले मार्बल व्यापारलगायत सबै व्यवसायीका समस्या समाधान गर्न सरकारले न्यूनतम साझा कार्यक्रममार्फत नै कदम अघि बढाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले व्यवसायीका समस्या समाधानमा आफूले विगतदेखि नै सहयोग गर्दै आएको र आगामी दिनमा पनि कानुन निर्माण गरी समस्या समाधान गर्न पहल गर्ने विश्वास दिलाए ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य किरण थापाले देश र उद्योगी दुवैको हित हुने गरी कानुन निर्माण हुनुपर्नेमा जोड दिए । त्यसअवसरमा सङ्घका अध्यक्ष लक्ष्मी सङ्ग्रौला, पूर्वअध्यक्ष ओमप्रकाश गोयल, नेपाल निर्माण सामग्री व्यापार सङ्घ काठमाडौँका अध्यक्ष अच्युत केसी कटुवालले व्यवसायीमाथि सरकारले थिचोमिचो गरिरहेको गुनासो राखे ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ९ : ५६ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र