२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

विश्वासको मत माग्दै प्रचण्डले भने– हामी मिल्दा देश अगाडि बढ्छ, नमिल्दा संकटमा जान्छ



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा विश्वासको मत माग्दै सबै मिलेर अघाडि बढ्नु पर्नेमा जोड दिएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले लोकतान्त्रिक र वामपन्थी शक्तिहरु नै मिलेर देशमा परिवर्तन भएको बताए । उनले १०४ वर्षे राणा शासन र राजतन्त्रको अन्त्य पनि सहमति र सहकार्यमार्फत भएको बताए ।

‘हामी मिल्दा देश अघाडि गएको छ । नमिल्दा देश संकटतर्फ गएको छ’, उनले भने । उनले राष्ट्रिय एकताका साथ अघि बढ्ने बताए ।

‘आज परिस्थितिवश तेस्रोपटक प्रधानमन्त्रीको रुपमा विश्वासको मतका लागि अनुरोध गर्न यो सम्मानित सदनको रोस्ट्रममा उभिएको छु। मैले भनी नै हालेँ, म यसपल्ट फरक संकल्पका साथ संसद् सामु उभिएको छु’, उनले भने ।

प्रचण्ड गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए । उनले ११ गते शपथ लिएका थिए। प्रधानमन्त्री नियुक्त भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

एमालेको प्रमुख सहयोगमा प्रधानमन्त्री भएका उनले कांग्रेस लगायतका दलहरुबाट पनि विश्वासको मत पाउने भएका छन् ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  १ : ३५ बजे

संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक

पूर्वअर्थमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल

जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई

नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) ले ‘छ स्तम्भ,

लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो

दाङ । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको