३ भदौ २०८३, बुधबार | August 19, 2026

कांग्रेस सरकारमा सहभागी हुँदैन, बलियो प्रतिपक्षी बन्छ : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा दलका नेता शेरबहादुर देउवाले कांग्रेस संसदमा प्रतिपक्षमा रहने जानकारी गराएका छन् ।

प्रतिनिधिसभाको मंगलबारकाे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै सभापति कोइरालाले बलियो प्रतिपक्षबिना सरकारले काम गर्न नसक्ने भएकाले कांग्रेस प्रतिपक्षमै रहने जानकारी गराएका हुन् ।

बहुदलीय व्यवस्था तथा संसदीय प्रणालीमा सरकारको गुण दोष केलाउन सक्ने बलियो प्रतिपक्षी दलमा आवश्यक हुने भन्दै सभापति देउवाले कांग्रेस सरकारमा सहभागी नभई प्रतिपक्षीमै रहने बताए । पूर्णप्रतिनिधिसभाको कार्यकालको विपरीत एमाले अध्यक्ष केपी ओलीको सम्बोधनप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताएका देउवाले ओलीको अभिव्यक्तिले संवैधानिक व्यवस्थाप्रति चुनौती थपिएको बताए ।

देशको अर्थतन्त्र उकास्ने काममा सरकार लाग्नुपर्ने सुझाव दिएका उनले संविधानको मर्म र भावनाअनुसार सबैले काम गरेर संविधानको रक्षा गर्नुपर्ने बताए । हिजो संसद विघटनबारे एमाले अध्यक्ष केपी ओलीले बचाउ गरेपछि देउवाले खण्डन गर्दै प्रचण्ड विश्वासको मत दिने घोषणा गरेका छन्।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  २ : ०९ बजे

फोटो प्रदर्शनीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र चाइना

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ । सरकारले सङ्घीय अनुदानअन्तर्गत कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको

सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने